१५ आश्विन २०८१, मंगलवार
,
Latest
नेपाल अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारी बाढीबाट पुल भासिँदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

विल स्मिथको थप्पडले क्रिस रकको भाग्य चम्किएपछि…



अ+ अ-

एजेन्सी । क्रिस रक र विल स्मिथबीचको विवादका कारण ओस्कार २०२२ अवार्ड समारोह चर्चामा आएको छ । क्रिस रकले कार्यक्रम होस्ट गर्दै थिए र उनले अभिनेता विल स्मिथकी श्रीमतीको मजाक उडाएका थिए जसको कारण विल स्मिथले क्रिस रकलाई थप्पड हान्न पुगे ।

यो विवादले विश्वभर चर्चा कमाएको छ भने अर्कोतिर यो हल्लापछि क्रिस रकको भाग्य पनि चम्किएको छ । सबैले गुगलमा उनको बारेमा खोजी गरिरहेका छन् र एकै समयमा उनले स्ट्यान्ड–अप शोहरूमा पनि त्यसको फाइदा उठाइरहेका छन् ।

विल स्मिथसँग थप्पड काण्ड पछि, क्रिस रक संसारमाभरि छाएका छन् । उनको लोकप्रियता त छँदैछ तर योसँगै उनको कमेडी टुर पनि फाइदाजनक बन्दै गएको छ । क्रिस रकको आगामी स्ट्यान्ड अप शोहरूको माग बढेको छ । यति मात्र होइन, शोको टिकट मूल्यमा पनि ठूलो उछाल आएको छ । टिकपिकले ट्वीट गर्दै भनेको छ, ‘हामीले हिजो राति क्रिस रकको शोको जति टिकटहरू पूरै महिनामा बेचेका छैनौं ।’

मार्च १८ मा क्रिस रकले एउटा शो गरेका थिए जसको सस्तो टिकट मूल्य ४६ (५ हजार ५८५) डलर थियो । तर अहिले क्रिसको शोको टिकट ह्वात्तै बढेर मूल्य ४११ डलर (करिब ५० हजार) पुगेको छ । क्रिस रकको शोको लागि टिकटको मूल्य यसरी बढ्नु आश्चर्यको कुरा रहेको छ ।

क्रिस रकले मार्च ३० र अप्रिल १ मा बोस्टनको विल्बर थिएटरमा प्रदर्शन गर्नेछन् । उनले यहाँ छवटा शो गर्नेछन् । यसपछि क्रिस रकको ‘इगो डेथ वर्ल्ड टुर’ २ अप्रिलबाट सुरु हुनेछ । क्रिसले ३० शहरको भ्रमण गर्नेछन् । उनको यो भ्रमणको मिति तय भइसकेको छ । उनले न्यूयोर्क, लस भेगास, टोरन्टो, शिकागो जस्ता धेरै ठाउँमा प्रस्तुति दिनेछन् ।

क्रिस रकको यो टुर नोभेम्बर १७ मा लस एन्जलसको डल्बी थिएटरमा समाप्त हुनेछ । यो त्यही ठाउँ रहेको छ जहाँ क्रिस रकलाई विल स्मिथले थप्पड हानेका थिए ।