२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सञ्चार जगतले खेलेको भूमिका अविश्मरणीय छ’



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मुलुकको समग्र परिवर्तनमा सञ्चार जगतले खेलेको भूमिका अविश्मरणीय रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ प्रदेश समिति र नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको संयुक्त आयोजनामा आज धनगढीमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले नेपालको परिवर्तनका लागि भएका हरेक किसिमका आन्दोलनमा सञ्चार क्षेत्रको सहभागी र अगुवाइ महत्वपूर्ण रहेको बताउँनुभयो ।

“नेपालको संविधान २०७२ संस्थागत विकास गर्न र संविधानको सर्वोच्चतालाई स्थापित गर्नु पर्नेछ”, मन्त्री जोशीले भन्नुभयो, “यो काममा मुलतः मुलुकका राजनितिक दल र सञ्चार क्षेत्र महत्वपूर्ण रुपमा जोडिनुपर्दछ ।” मन्त्री जोशीले राजनीतिक र सञ्चार क्षेत्रमा विसङ्गति भित्रिएकाले यसको शुद्धिकरण, व्यवस्थितकरण र सुशासनका सम्बन्धमा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गर्नुभयो ।