१९ मंसिर २०८२, शुक्रबार
,
Latest
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई मलेसियाले दियो ११५ रनको सामान्य लक्ष्य



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत घरेलु टोली नेपाल र पाहुना टोली मलेसियाबीच खेल जारी छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा मलेसियाले नेपाललाई ११५ रनको विजयी लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको मलेसियाले २० ओभरमा ८ विकेटको क्षतिमा ११४ रन जोड्यो ।

मलेसियाका लागि जुबेदी जुल्किफलले १५ बलमा ३२, अहमद फइजले ३८ बलमा २४, सायद अजिजले १९ बलमा १४, शार्भिन मुनियान्डीले १० बलमा ९, मुहम्मद आमिरले १९ मा १६ रन जोडे भने अइनुल हाफिज ११ बलमा ९ रनमा तथा पवनदीप सिंह १ रनमा अविजित रहे ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले २–२ तथा अविनाश बोहरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।