७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहन प्रधानमन्त्रीको प्रहरीलाई निर्देशन

अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहन प्रधानमन्त्रीको प्रहरीलाई निर्देशन
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभएको छ ।

 प्रधानमन्त्री देउवाले कर्तव्यपालनामा नेपाल प्रहरी अझै उच्च मनोबलका साथ कार्यसम्पादनमा खटिने विश्वास पनि व्यक्ति गर्नुभयो । “निष्पक्ष अनुसन्धान कानूनी राज्यका आधार हुन्, यसले पीडितलाई न्याय दिलाउनुका साथै दण्डहिनताको अन्त्य गर्नसक्छ, शक्तिबाट प्रभावित नभइ निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने विश्वास लिएको छु”, राजधानीमा आज आयोजित ६६ औँ प्रहरी दिवस समारोहमा प्रधानमन्त्री देउवाले भन्नुभयो ।

विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा सङ्गठित एवं विद्युतीय सञ्जालमा आधारित भएर विश्वभरी फैलिएका अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहन प्रधानमन्त्री देउवाले प्रहरीलाई सुझाव दिनुभयो । उहाँले प्रहरी सङ्गठनले थालेका सुधारात्मक प्रयासका रचनात्मक कार्यलाई सफल तुल्याई संस्थागत विकासमार्फत प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । 

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा सुरक्षा निकायलाई सक्षम, निष्पक्ष, पारदर्शी र उत्तरदायी रुपमा सञ्चालन गर्दै सुरक्षा अङ्गको व्यावसायिकतामा जोड दिने कुरा समावेश गरिएको सन्दर्भ जोड्नुहुँदै प्रधानमन्त्री देउवाले प्रहरीको मनोबल उच्च बनाउने र साधनस्रोत उपलब्ध गराउने कुरामा सरकार संवेदनशील रहेको बताउनुभयो । उहाँले प्रहरीलाई व्यावसायिक सफलताको शुभकामना पनि दिनुभयो ।

उक्त समारोहमा गृहमन्त्री बालकृष्ण खाँडले अपराध अनुसन्धान तथा त्यसको नियन्त्रण, अनुशासन र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी रहेको नेपाल प्रहरीलाई साधानस्रोत सम्पन्न गराउने विषयमा सरकार गम्भीर रहेको जानकारी दिनुभयो । उहाँले नयाँ चुनौती सामना गर्न प्रहरीलाई सरकारको पूर्ण साथ र सहयोग रहनेसमेत प्रतिबद्धता जनाउनुभयो ।

गृहमन्त्री खाँडले नेपाली जनताको जीवन रक्षाका लागि जुनसुकै विपद् तथा महामारीका बेला आफ्नो जीवनको पर्वाह नगरी दायित्वपालना गर्ने प्रहरी कर्मचारीको योगदानको प्रशंसा पनि गर्नुभयो । जनआक्रोश र आक्रमणको पहिलो शिकार नै नेपाल प्रहरी हुने गरेको स्मरण गर्दै गृहमन्त्री खाँडले सङ्गठनको संरचना बलियो बनाउन सन्तुलित निर्णयको खाँचो औँल्याउनुभयो ।

 उहाँले सरकार प्रहरीमैत्री बन्दै क्षमता विकास गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन तत्कालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयनमा लागिएको जानकारी दिनुभयो । उहाँले व्यावसायिक, जुझारु र आँटिला प्रहरी कर्मचारीका कारण नेपाल प्रहरी अविच्छिन्न अस्तित्वमा रहेको उल्लेख गर्नुभयो । 

प्रहरी महानिरीक्षक थापाले कोभिड–१९ महामारीका बीच अपराध नियन्त्रण, सङ्गठन सुदृढीकरण तथा अभियुक्त पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विगतमा भन्दा प्रगित हासिल गरेको जानकारी दिनुभयो । समारोहमा प्रधानमन्त्री देउवाले पहिलो महिला प्रहरी (पूर्व प्रहरी सहायक निरीक्षक) चैतमाया डङ्गोललाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गर्नुभएको थियो । उहाँले विसं २००८ मा पहिलो महिला प्रहरीको रुपमा सेवा थाल्नुभएको थियो । झण्डै ९० वर्ष पुग्नुभएकी डङ्गोलले ३२ वर्ष प्रहरीमा सेवा गर्नु भएको थियो । 

समरोहमा प्रधानमन्त्री देउवाले अच्युत–मीना अमर प्रहरी परिवार पुरस्कार तथा छात्रवृत्ति प्रदान गर्नुभएको थियो । त्यसअघि प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँडले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । प्रहरी दिवसको अवसरमा यस वर्ष कर्तव्य पालनाको सिलसिलामा अमरत्व प्रदान गर्ने ३३ प्रहरीका परिवारलाई सम्मान गरिएको थियो । त्यसमध्ये सात जनालाई काठमाडौँबाट र अन्य २६ जनालाई विभिन्न प्रदेशमार्फत सम्मान गरिएको थियो ।