९ भाद्र २०८३, मंगलवार
,
Latest
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाड पर्वहरुले सामाजिक सद्भाव एवं एकता कायम राख्न योगदान पुग्छ: सभामुख सापकोटा



अ+ अ-

काठमाडौ ।सभामुख अग्नि सापकोटाले चाड पर्वहरुले पारिवारिक अन्तरघुलन, सामाजिक सद्भाव एवं एकता कायम राख्न योगदान  पुग्ने बताउनु भएको छ ।

हिमाली आदिवासी शेर्पा समुदायको नयाँ बर्ष २१४९ औं ग्याल्पो ल्होसारको अवसरमा  शुभकामना सन्देश जारी गर्दे सभामुख सापकोटाले  हामीले मनाउने मौलिक चाड पर्वहरुले हाम्रा विविधतालाई जीवित बनाइराख्न मद्दत पुग्ने विश्वास लिएको जनाउनु भएको छ ।

उहाँले ग्याल्पो ल्होसारले हामीबीच निकटता, सम्मान भाव एवं मजबुत राष्ट्रिय एकताका लागि प्रेरणा मिलोस् भन्ने कामना समेत गर्नुभएको छ ।