२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अख्तियारले जुन पद्धती, तरिका अपनायो त्यो ठिक भएन’- मुख्यमन्त्री राउत



अ+ अ-

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो कार्यलयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मारेको छापामा असन्तुष्ट व्यक्त गरेका छन् । प्रदेशसभा बैठकमा आज विश्वासको मत लिँदै गर्दा मुख्यमन्त्री राउतले आफुलाई विभिन्न जालझेल र षड्यन्त्रको शिकार बनाईएको पनि बताएका छन् ।

मुख्यमन्त्री राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कार्यलयमा छापा मार्दा आफुलाई पनि जानकारी नभएको र अख्तियारले जुन तरिका र पद्धती अपनायो त्यो ठिक नभएको पनि बताउनुभयो । बैठकमा बोल्दै मुख्यमन्त्री राउतले  कुनै पत्र बिना नै आफ्नो कार्यलयमा छापा मारिएको पनि बताए । गत असोज १३ गते प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो।

मुख्यमन्त्री मुख्यमन्त्री राउतले प्रदेश २ मा  ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा छात्राहरूलाई साइकल वितरण गरेका थिए र सो साइकल खरिदमा अनियमितता भएको उजुरी परेपछि मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो ।

सत्तारुढ दल विभाजित भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधानअनुसार नै मुख्यमन्त्री राउतले आज विश्वासको मत लिन लागेका हुन् । हाल सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको अवस्था छ ।