२५ भाद्र २०८३, बिहीबार
,
Latest
प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगल विश्वकपमा छनोट



अ+ अ-

एजेन्सी । पोर्चुगल आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा छनोट भएको छ ।

युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० गोलले पराजित गर्दै पोर्चुगलले विश्वकपमा स्थान बनाएको हो । पोर्चुगललाई जित दिलाउन दुवै गोल ब्रुनो फर्नान्डेजले गरे ।

खेलको ३२ औं मिनेटमा फर्नान्डेजले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए । रोनाल्डो र फर्नान्डेजले एक आपसमा कम्विनेसनमा मुभ बनाउँदै गोल गरेका थिए ।

दोस्रो हाफमा फर्नान्डेजले अग्रता दोब्बर पारे । ६५ औं मिनेटमा डिओगो जोटाले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन् ।

यस्तै, प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई हराउँदै विश्वकपमा स्थान बनाएको छ ।