• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे ★   दश महिनामा पाँच हजारभन्दा बढी डढेलो ★   कोशीका नवनियुक्त सात मन्त्रीले लिए शपथ ★   सत्ता समिकरण सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: सांसद भट्टराई ★   गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउन छानविन समिति चाहिएको हो: सांसद महत ★   काँग्रेसलाई रास्वपा सांसद झाको आग्रह– माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस् ★   प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने ★   इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय: राष्ट्रपति ★   विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी ★   १६७ रुपैयाँमै घर !

नेप्से परिसूचक १४.२६ अंकले गिरावट, ६ लाख २८ हजार बराबरको खरिदबिक्री



काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि करिव १५ अंकले गिरावट आएको छ ।

पछिल्लो पाँच दिनदेखि लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक मंगलबार पनि निरन्तरता पाएको हो । आज नेप्से परिसूचक १४.२६ अंक घटेर २ हजार ५२७.५८ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८० अंकल गिरावट आएको छ ।

मंगलबार कारोबारमा आएका २२५ कम्पनीको ३८ लाख ९० हजार कित्ता शेयर १ अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार साँढे २ अर्ब बराबरको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहबाहेक अन्य १२ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.८३ प्रतिशत बढेको छ । यता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५२ प्रतिशत घटेको छ । बाँकी उपसमूहको परिसूचक ० प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

मंगलबार नेप्से परिसूचक ओरालो लागे पनि ३ कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा इमर्जिङ्ग नेपाल र नेष्डो समृद्ध लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यात एनआईबिएल समृद्धि फण्ड २ को मूल्य सबैभन्दा बढी ४.७३ प्रतिशत घटेको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त, आशा लघुवित्त, एशियन लाइफ इन्स्योरेन्स र विशाल बजार कम्पनीको शेयर मूल्य पनि ३ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा करिब ८ करोडको शेयर कारोबार गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । ग्लोबल आइएमई बैंकको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।