२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा साधारणसभा सुरु, ४ एजेन्डामा साधारणसभा केन्द्रित हुने



अ+ अ-

काठमाडौं । निर्वाचन केन्द्रित एजेण्डाहरु रहँदै अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा सुरु भएको छ ।

साधारणसभामा मुख्य एजेन्डाको रुपमा जेठ १५ हुने चुनावका लागि निर्वाचन समिति गठन सम्बन्धि रहेको छ । सँगै निर्वाचन पुनरावेदन समिति गठन सम्बन्धि छलफल हुनेछ । त्यस्तै जेठ १५ हुने चुनावका लागि संघको वार्षिक कार्यक्रम तथा बजेट एवम् आर्थिक वर्ष २०७७÷७८ को लेखा परीक्षण प्रतिवेदन पारित गर्ने सम्बन्ध र निर्वाचनमा सहभागी उम्मेदवारको मनोनयन शुल्क सम्बन्धमा छलफल हुनेछ ।

एन्फा कार्यसमितिले सहमतिमा श्रीराम दवाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाउने प्रस्ताव गर्ने भएको छ । समितिको सहसंयोजकमा रामचन्द्र गौतम तथा दामोदर भट्टराईको नाम प्रस्ताव हुनेछ । यसैगरी प्रस्तावित निर्वाचन समितिको वैकल्पिक सदस्यमा सरस्वती श्रेष्ठ र प्रतिमा कार्की रहनेछन ।

त्यस्तै विशेष साधारणसभामा एन्फा कार्यसमितिको तर्फबाट अध्यक्ष पदका लागि उम्मेदवारको मनोनयन शुल्क प्रस्ताव गरिनेछ । लामो समयपछि हुन लागेको साधारणसभामा भाग लिनका लागि देशभरबाट प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । फागुन ८ गतेलाई पहिलो पटक विशेष साधारणसभा बोलाइँदा तीन एजेन्डा तय गरिएको थियो । तर दुई पटक स्थगित भएपछि चैत सातमा आजका लागि साधारणसभाको सूचना जारी गर्दा एन्फा सचिवालयले एक एजेन्डा थप गरेको थियो ।

एन्फाको गत फागुनमै हुने भनिएको विशेष साधारणसभा दुई पटक स्थगित भएको थियो । एन्फाले फागुन ८ का लागि विशेष साधारण सभा तय गरेको थियो ।