• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित ★   सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ

अफगानिस्तानमा तालिबानले दियो आदेश– दाह्री नभएका सरकारी कर्मचारीलाई प्रवेश नदिनू



एजेन्सी

काबुल । अफगानिस्तानमा सत्तामा आएका तालिबान लडाकूहरुले दाह्री नराख्ने सरकारी कर्मचारीलाई कार्यालयमा प्रवेश गर्न नदिने आदेश दिएका छन् । तालिबानको यो आदेश सोमबारदेखि लागू भएको छ ।

तालिवानको अत्यन्तै कडा इस्लामिक कानून लागू गर्ने मन्त्रालयका मानिसहरूले वित्त मन्त्रालयका कर्मचारीहरूलाई कार्यालयमा प्रवेश गर्नबाट रोकेका थिए। यी कर्मचारीले दाह्री नराखेको बताइएको छ ।

यसअघि विमानमा महिलालाई एक्लै यात्रा गर्न प्रतिबन्ध लगाइएको थियो ।

प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै खमाह प्रेसले तालिबानले कामदारहरूलाई टोपी लगाएपछि मात्र भित्र पस्ने अनुमति दिएको बताएको छ। तालिबान प्रतिनिधिहरूले यो टोपी लगाउन निर्देशन दिएका छन्।

अर्कोतर्फ इस्लामिक मामिला मन्त्रालयले कर्मचारीलाई रोकिएको खबरको खण्डन गरेको छ । मन्त्रालयका प्रवक्ता सादिक अकिफले अर्थ मन्त्रालयका अधिकारीलाई आफ्ना कर्मचारीले निर्देशन र सुझाव दिन रोकेको बताए ।

‘महिलालाई हिजाब बिना आउन नदेऊ’

अकिफले भने, “सबै सरकारी निकायलाई महिलालाई हिजाब बिना आउन नदिने निर्देशन दिइएको छ । त्यस्तै सरकारी पुरुष कर्मचारीलाई पनि सरिया कानूनअनुसारको पहिरनमा आउन भनिएको छ ।”

तालिबान समर्थकहरुले पनि तालिबानको यो आदेशको आलोचना गरिरहेका छन् । समर्थकहरुका अनुसार इस्लामले मानिसहरूलाई दाह्री बढाउन बाध्य पार्दैन।

गत वर्ष अगस्टमा अफगानिस्तानमा सत्तामा आएदेखि तालिबानले अफगान जनता विशेषगरी महिलामाथि कडा प्रतिबन्ध लगाएको छ ।

तालिबान प्रशासनले काबुलमा यस्ता धेरै पोस्टर राखेको छ जसमा महिलाहरु बुर्का लगाएर आउनु पर्ने भनिएको छ । तालिबान सत्तामा आउनुले महिलाका लागि डरलाग्दो अनुभव ल्याएको छ।

उनीहरूले अहिले शिक्षा, काम र लामो दूरीको यात्रामा धेरै प्रतिबन्धहरूको सामना गरिरहेका छन्।