५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत शर्मा नयाँ दिल्लीमा



अ+ अ-

काठमाडाैं । भारतका लागि नेपालका राजदूत डा शङ्करप्रसाद शर्मा आफ्नो जिम्मेवारी सम्हाल्न आज नयाँ दिल्ली पुग्नुभएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

नेपाल सरकारले नीलाम्बर आचार्यलाई फिर्ता बोलाएपछि लामो समयदेखि भारतका लागि नेपाली राजदूत पद खाली रहेको थियो । सरकारले शर्मासँगै बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूतमा सिफारिस गरेको थियो ।

तर आचार्य र अमेरिकाबाट सम्बन्धित राजदूतहरुको एग्रिमो आए पनि भारतबाट शर्माको एग्रिमो आउन निकै समय लागेको थियो । भारतले राजदूतमा शर्माको नामलाई स्वीकृति दिएपछि राजदूत शर्माले हालै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको थियो ।