२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले गठबन्धनको संस्कार मानेन, समान हैसियतमा मन्त्रालयको बाँडफाँड हुनुपर्छः जीवनराम श्रेष्ठ



अ+ अ-

काठमाडौं । सत्ता साझेदार दल नेकपा एकिकृत समाजवादीले मन्त्रालयको बाडफाँड न्यायोचित नभएको जनाएको छ । नेकपा एकिकृत समाजबादीका नेता जीवनराम श्रेष्ठले न्युजपोलार संग भन्नुभयो 'मन्त्रालयको बाडफाँड सहमतिको सस्कार अनुसार भएन बराबरी हैसियतमा हुनु पर्ने थियो तर सहमति बिपरित मन्त्रालयको संख्या पनि घटाईयो र जनता संग प्रत्यक्ष सम्पर्क हुने पनि भएनन् यो गलत भयो ।' मन्त्रालयको संख्याका लागि कुराकानी भै रहेको भन्दै श्रेष्ठले भन्नुभयो  'आजै र भोली नै सपथ हुने सम्भावना न्युन छ ।'

यसै बीच नेकपा एकिकृत समाजबादी भित्र कानून व्यवासायी गोबिन्द बन्दीलाई मन्त्री बनाउने बिषयले लफडा सुरु भएको छ । हिजो गैर सांसदलाई मन्त्री बनाउदा बिरोध गरेको स्मरण गराउदै नेताहरुले अध्यक्ष माधब नेपाललाई भने 'हिजो हामी नै बिरोध गर्ने आज किन गैर सांसदलाई मन्त्री बनाउने । हाम्रो पार्टीमा मन्त्री बन्न योग्य मान्छे नै छैनन र ।' 

बन्दीलाई शान्ति प्रक्रिया अन्तरगतका कामहरु गर्नका लागी भन्दै मन्त्री बनाउने तयारी भएपछि पार्टी भित्र बिरोध भएको हो । अध्यक्ष नेपालको नातेदार समेत रहनु भएका बन्दीलाई प्रतिनिधिशभाको पुनस्थापना सम्बन्धी मुद्दामा गरेको कामको उपहार स्वरुप मन्त्री दिन लागेको सा पार्टीका एक नेताले बताए ।

उनले भने पहिला शम्भु थापालाई बनाउने कुरा थियो , तर थापाले नमाने पछि बन्दीलाई बनाउने कुरा आयो तर धेरै साथीहरुको असहमति छ । त्यसमा पनि बन्दीको नाममा समाजबादी भित्र भन्दा पनि माओबादी केन्द्रका साथीहरुको चासो बढि देखिएकाले पनि हामी अलमलमा परेका छौ ती नेताले भने ।

यो पनि पढ्नुहोस-  सांसद नभए पनि मन्त्री बन्दै यी दुई भाग्यमानी !

मन्त्रीपरिषद् विस्तारमा नेकपा एकिकृत समाजबादीको भागमा पाँच ओटा मन्त्रालय परेको छ जसमा रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेको छ ।