२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासको एउटा कुरुप मोडल ‘भ्यूटावर’



अ+ अ-

काठमाडौं । विकासको कुरुप मोडल भ्यूटावर केही वर्ष यतादेखिका समाचारका शीर्षक थिए– भ्यूटावरको शिलान्याश, भ्यूटावरको उद्घाटन । कस्तो दुःखद अवस्था छ भने संसारकै अग्ला चुचुरा र पहाड रहेको देशमा भ्यूटावर बनाएर बजेट सक्ने मेलो । आज सामाजिक सञ्जालमा यिनै भ्यूटावरको आतंक छ ।

पहिले एउटा पालिका अनि अर्को हुँदै प्रतिस्पर्धामा भ्यूटावर बने । यो बजेट सक्ने मेलो मात्र बन्यो । विकासका संरचनाको कुरा गर्दा यसको कुनै अर्थ नै छैन । जुन देशमा सगरमाथा छ, विश्वका १४ मध्ये १० वटा ८ हजार मीटर अग्ला पहाड यहीँ छन् । अनि यही देशका अग्ला डाँडा, पहाड, पर्वत, चुचुरामा भ्यूटावर । कसले दिन्छ यस्तो सुझाव रु कहाँबाट अनुमोदन गराएर पालिकाहरुले भ्यूटावर बनाउने योजना रु कति वटा भए निर्माण हुनुअघिका सार्वजनिक सुनुवाईहरु रु कसले ल्यायो यस्तो मास्ने प्रोजेक्ट रु के छ यसको स्थानीय तथा राष्टिय प्रतिफल रु के लाभ पाए जनताले रु यी कुनै पनि प्रश्नको जवाफ यिनले दिएका छैनन् । मात्र टावर ठडाएर छोडिदिए ।

ज्यादति पनि कस्ता भने नि पहाडका टुप्पामा पालिकाका टावर छन् तर फेदमा खानेपानी र स्वास्थ्य चौकी छैन । पहाडका टुप्पामा टावर छन् तल फेदका गरा सिँचाइ नपुगेर बाँझै छन् । माथि टावर ठडिएका छन् त्यहाँ जाने मान्छे छैनन् तर यता पालिका एम्बुलेन्स र दमकलबिहीन छन् ।

सायद एम्बुलेन्स र दमकल किन्दा कमिसन नआउने पो हो कि रु त्यसैले नबनेका हुन् कि रु यो ज्यादति कस्ले हेर्ने हो रु यस्तो विकासको नमूनाको ज्यादति कसरी सहने हो रु सायद यसैले होला नेपाल सरकारका पूर्व सचिव भिमप्रसाद उपाध्यायले विगतका केही दिनयता देखि देशका विभिन्न पालिकाले बनाएका टावरको तस्बिार मात्र राखिरहनुभएको छ सामाजिक सञ्जालमा । अब उहाँले लेख्नुपर्नेछ ‘टावर बनाएर बजेट सकेका यस्ता पालिका प्रमुखलाई खोजी खोजी कारबाही गर्नुपर्छ ।’ अनि अहिले जनता पनि भन्दैछन्- अबका चुनावमा यस्ता धनप्रतिनिधि होइन विकासप्रेमी जनप्रतिनिधि छान्नुपर्छ । यस्ता विकासका कुरुप नमूनाहरुलाई बहिस्कार गर्नुपर्छ ।

यदि यीनै टावरका प्रतिनिधिहरु जनप्रतिनिधि भनेर फेरि निर्वाचन उठेभने तिनलाई भोट नदिएरै मतले जवाफ दिनुपर्छ । अनि देखिने छ यी पावरवाला टावर बिल्डरको सक्कली रुप र विकासको कुरुप स्वरुप ।