• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   पाप मोचन गर्ने धार्मिक विश्वासमा मनाइने पर्व गङ्गादशहरा ★   एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च ★   बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन: सांसद जबरा ★   देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव ★   सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ: डा.स्वर्णिम वाग्ले ★   सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायो: एमाले सचिव भट्टराई ★   गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक बन्ने ! ★   भरतपुर महानगरपालिको दियो ४ हजार ५ सय २४ जनालाई नि:शुल्क तालिम ★   खडेरीले नपसाउँदै बारीमै सुक्न थाले मकै ★   सास्तीमा छन् निसेलढोरवासी

विकासको एउटा कुरुप मोडल ‘भ्यूटावर’



काठमाडौं । विकासको कुरुप मोडल भ्यूटावर केही वर्ष यतादेखिका समाचारका शीर्षक थिए– भ्यूटावरको शिलान्याश, भ्यूटावरको उद्घाटन । कस्तो दुःखद अवस्था छ भने संसारकै अग्ला चुचुरा र पहाड रहेको देशमा भ्यूटावर बनाएर बजेट सक्ने मेलो । आज सामाजिक सञ्जालमा यिनै भ्यूटावरको आतंक छ ।

पहिले एउटा पालिका अनि अर्को हुँदै प्रतिस्पर्धामा भ्यूटावर बने । यो बजेट सक्ने मेलो मात्र बन्यो । विकासका संरचनाको कुरा गर्दा यसको कुनै अर्थ नै छैन । जुन देशमा सगरमाथा छ, विश्वका १४ मध्ये १० वटा ८ हजार मीटर अग्ला पहाड यहीँ छन् । अनि यही देशका अग्ला डाँडा, पहाड, पर्वत, चुचुरामा भ्यूटावर । कसले दिन्छ यस्तो सुझाव रु कहाँबाट अनुमोदन गराएर पालिकाहरुले भ्यूटावर बनाउने योजना रु कति वटा भए निर्माण हुनुअघिका सार्वजनिक सुनुवाईहरु रु कसले ल्यायो यस्तो मास्ने प्रोजेक्ट रु के छ यसको स्थानीय तथा राष्टिय प्रतिफल रु के लाभ पाए जनताले रु यी कुनै पनि प्रश्नको जवाफ यिनले दिएका छैनन् । मात्र टावर ठडाएर छोडिदिए ।

ज्यादति पनि कस्ता भने नि पहाडका टुप्पामा पालिकाका टावर छन् तर फेदमा खानेपानी र स्वास्थ्य चौकी छैन । पहाडका टुप्पामा टावर छन् तल फेदका गरा सिँचाइ नपुगेर बाँझै छन् । माथि टावर ठडिएका छन् त्यहाँ जाने मान्छे छैनन् तर यता पालिका एम्बुलेन्स र दमकलबिहीन छन् ।

सायद एम्बुलेन्स र दमकल किन्दा कमिसन नआउने पो हो कि रु त्यसैले नबनेका हुन् कि रु यो ज्यादति कस्ले हेर्ने हो रु यस्तो विकासको नमूनाको ज्यादति कसरी सहने हो रु सायद यसैले होला नेपाल सरकारका पूर्व सचिव भिमप्रसाद उपाध्यायले विगतका केही दिनयता देखि देशका विभिन्न पालिकाले बनाएका टावरको तस्बिार मात्र राखिरहनुभएको छ सामाजिक सञ्जालमा । अब उहाँले लेख्नुपर्नेछ ‘टावर बनाएर बजेट सकेका यस्ता पालिका प्रमुखलाई खोजी खोजी कारबाही गर्नुपर्छ ।’ अनि अहिले जनता पनि भन्दैछन्- अबका चुनावमा यस्ता धनप्रतिनिधि होइन विकासप्रेमी जनप्रतिनिधि छान्नुपर्छ । यस्ता विकासका कुरुप नमूनाहरुलाई बहिस्कार गर्नुपर्छ ।

यदि यीनै टावरका प्रतिनिधिहरु जनप्रतिनिधि भनेर फेरि निर्वाचन उठेभने तिनलाई भोट नदिएरै मतले जवाफ दिनुपर्छ । अनि देखिने छ यी पावरवाला टावर बिल्डरको सक्कली रुप र विकासको कुरुप स्वरुप ।