१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा परिवर्तन गर्नसक्ने प्रतिनिधि छान्न सभामुखको सुझाव



अ+ अ-

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनबाट सक्षम, इमान्दार र जीवन जगतलाई परिवर्तन गर्नसक्ने प्रतिनिधि छान्न सुझाव दिनुभएको छ । आसन्न निर्वाचन सबै राजनीतिक दलका लागि अग्नि परीक्षा हुने उहाँले उल्लेख गर्नुभयो ।

चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयको अभिभावक भेला तथा पूर्वविद्यार्थी पुनर्मिलन समारोहमा सभामुख सापकोटाले नेपालमा प्रतिगमन अझै परास्त नभइसकेकोले केही प्रतिगामी पक्षका लागि आगामी निर्वाचन अग्निपरीक्षा हुने बताउनुभयो ।

यसैबीच सभामुख सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिका–४ र ८ जोड्ने तिप्लिङ खोलाको पुल पनि उद्घाटन गर्नुभयो । रु दुई करोड ६० लाखको लागतमा उक्त पुल निर्माण गरिएको हो ।