१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा परिवर्तन गर्नसक्ने प्रतिनिधि छान्न सभामुखको सुझाव



अ+ अ-

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनबाट सक्षम, इमान्दार र जीवन जगतलाई परिवर्तन गर्नसक्ने प्रतिनिधि छान्न सुझाव दिनुभएको छ । आसन्न निर्वाचन सबै राजनीतिक दलका लागि अग्नि परीक्षा हुने उहाँले उल्लेख गर्नुभयो ।

चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयको अभिभावक भेला तथा पूर्वविद्यार्थी पुनर्मिलन समारोहमा सभामुख सापकोटाले नेपालमा प्रतिगमन अझै परास्त नभइसकेकोले केही प्रतिगामी पक्षका लागि आगामी निर्वाचन अग्निपरीक्षा हुने बताउनुभयो ।

यसैबीच सभामुख सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिका–४ र ८ जोड्ने तिप्लिङ खोलाको पुल पनि उद्घाटन गर्नुभयो । रु दुई करोड ६० लाखको लागतमा उक्त पुल निर्माण गरिएको हो ।