• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी

प्रधानमन्त्रीद्वारा सालिक अनावरण र भवन उद्घाटन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मुगुको सदरमुकाम गमगढीमा नवनिर्मित सालिकको अनावरण तथा भवनको उद्घाटन गर्नुभएको छ । छायाँनाथ रारा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सदरमुकामस्थित अदालत चोकमा निर्मित स्व बखतबहादुर शाहीको अर्धकद सालिक अनावरण र विपी स्मृति भवनको प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो ।

प्रधानमन्त्रीले देउवाले स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजङ्ग शाहीको नेतृत्वमा रहेको नगर कार्यपालिकाले दूरदराजबाट प्रजातन्त्रका लागि लडेका र पहिलो मुगु जिल्ला विकास समिति सभापति तथा मुगु पार्टी सभापति स्व बखतबहादुर शाहीलाई सम्मान गर्नुभयो । सो अवसरमा प्रधानमन्त्रीले उहाँको सालिक बनाएकाले आफूसहित सिङ्गो कांगे्रस खुसी भएको र शहीदप्रति सच्चा सम्मान भएको बताउनुभयो । नगरपालिकाकै सहयोगमा नवनिर्मित दुईतले विपी स्मृति भवन निर्माण भएसँगै विपीले देखेको समाजवादको सपना पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्व बखतबहादुर शाहीलाई २०५८ साल माघ ३ गते राति घरमा खाना खाइरहेका बेला तत्कालीन विद्रोही पक्ष माओवादीका कार्यकर्ताहरूले गोली हानी हत्या गरेका थिए । अहिलेका उपलब्धि शहीद र जननिर्वाचित विपी कोइरालाले खेलेको भूमिका तथा आन्दोलनबाट प्राप्त भएकाले सही उपलब्धिबाट आफूहरूले शासन सत्ता चलाउन पाएकाले विपी स्मृति भवन र शहीद बखतबहादुर शाही सालिक बनाएको नगरप्रमुख हरिजङ्ग शाहीले बताउनुभयो ।

नगरपालिकाले गरेका कार्यको प्रशंसा गर्दै प्रमुख अतिति पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल विशेष अतिथि कांगे्रस मुगु सभापति ऐनबहादुर शाहीले लोकतन्त्रका लागि शहीद बखतबहादुर शाही र जननायक विपी कोइरालाले खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो । अनावरित सालिक ६ लाख ५० हजार र विपी स्मृति भवन श्रमदानसहित करिब एक करोड लागतमा निर्माण सम्पन्न भएको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितजङ्ग मल्लले जानकारी गराउनुभयो ।