२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा सालिक अनावरण र भवन उद्घाटन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मुगुको सदरमुकाम गमगढीमा नवनिर्मित सालिकको अनावरण तथा भवनको उद्घाटन गर्नुभएको छ । छायाँनाथ रारा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सदरमुकामस्थित अदालत चोकमा निर्मित स्व बखतबहादुर शाहीको अर्धकद सालिक अनावरण र विपी स्मृति भवनको प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो ।

प्रधानमन्त्रीले देउवाले स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजङ्ग शाहीको नेतृत्वमा रहेको नगर कार्यपालिकाले दूरदराजबाट प्रजातन्त्रका लागि लडेका र पहिलो मुगु जिल्ला विकास समिति सभापति तथा मुगु पार्टी सभापति स्व बखतबहादुर शाहीलाई सम्मान गर्नुभयो । सो अवसरमा प्रधानमन्त्रीले उहाँको सालिक बनाएकाले आफूसहित सिङ्गो कांगे्रस खुसी भएको र शहीदप्रति सच्चा सम्मान भएको बताउनुभयो । नगरपालिकाकै सहयोगमा नवनिर्मित दुईतले विपी स्मृति भवन निर्माण भएसँगै विपीले देखेको समाजवादको सपना पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्व बखतबहादुर शाहीलाई २०५८ साल माघ ३ गते राति घरमा खाना खाइरहेका बेला तत्कालीन विद्रोही पक्ष माओवादीका कार्यकर्ताहरूले गोली हानी हत्या गरेका थिए । अहिलेका उपलब्धि शहीद र जननिर्वाचित विपी कोइरालाले खेलेको भूमिका तथा आन्दोलनबाट प्राप्त भएकाले सही उपलब्धिबाट आफूहरूले शासन सत्ता चलाउन पाएकाले विपी स्मृति भवन र शहीद बखतबहादुर शाही सालिक बनाएको नगरप्रमुख हरिजङ्ग शाहीले बताउनुभयो ।

नगरपालिकाले गरेका कार्यको प्रशंसा गर्दै प्रमुख अतिति पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल विशेष अतिथि कांगे्रस मुगु सभापति ऐनबहादुर शाहीले लोकतन्त्रका लागि शहीद बखतबहादुर शाही र जननायक विपी कोइरालाले खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो । अनावरित सालिक ६ लाख ५० हजार र विपी स्मृति भवन श्रमदानसहित करिब एक करोड लागतमा निर्माण सम्पन्न भएको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितजङ्ग मल्लले जानकारी गराउनुभयो ।