१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

आधारभूत स्वास्थ्य केन्द्रमा प्रसूति सेवा सुरु

आधारभूत स्वास्थ्य केन्द्रमा प्रसूति सेवा सुरु
अ अ+ अ-

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित सत्रसय आधारभूत स्वास्थ्य केन्द्रमा प्रसूति केन्द्र सञ्चालन गरिएको छ । सबै वडामा प्रसूति केन्द्र स्थापना गर्ने गाउँपालिकाको लक्ष्यसहित वडा नं १ को आधारभूत स्वास्थ्य केन्द्रमा बुधबारदेखि प्रसूति केन्द्र सञ्चालन सुरु गरिएको छ । 

स्थानीय महिलालाई वडास्तरमै प्रसूति सेवा दिने उद्देश्यसहित प्रसूति केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो । “यस क्षेत्रका महिलालाई सुरक्षितरुपमा आफ्नै ठाउँमा प्रसूति सेवा दिनका लागि प्रसूति केन्द्र सञ्चालनमा ल्याएका हौँ”, उहाँले भन्नुभयो, “यसले गर्दा घरमै असुरक्षित सुत्केरी हुने प्रचलन पनि हट्ने विश्वास लिएका छौँ ।” घरमा सुत्केरी हुँदा महिला र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले प्रसूति केन्द्रमा नै आएर प्रसूति गराउन सचेतना जगाइने उहाँले बताउनुभयो । 

स्वास्थ्य केन्द्रमा प्रसूति सेवा सञ्चालनका लागि सबै उपकरण व्यवस्थापन गरिसकिएको छ । केन्द्रबाट गर्भवती जाँच, तालिम प्राप्त नर्सबाट सुत्केरी सेवा प्रदान गरिनेछ । सुत्केरी भएपछि आवश्यक जाँचको व्यवस्थासमेत गरिएको छ । केन्द्रमा एक जना नर्स पहिल्यै रहे पनि प्रसूति केन्द्रका लागि छुट्टै नर्सको व्यवस्था गरिएको छ । प्रसूति केन्द्रबाट आँबुखैरेनी गाउँपालिका– १ र २ का अलवा गोरखाको पालुङटार र तनहुँकै बन्दीपुर गाउँपालिका महिला लाभान्वित हुनेछन् । 

प्रसूति केन्द्रमा सुत्केरी गराउँदा गाउँपालिकाले प्रोत्साहनस्वरुप नगदसमेत प्रदान गर्ने गरेको छ । सरकारी स्वास्थ्य संस्थाबाट सुत्केरी गराउँदा  सरकारबाट रु दुई हजार ८०० गाउँपालिकाबाट रु एक हजार गरी रु तीन हजार ८०० प्रोत्साहन रकम दिने गरिएको छ । यसका साथै सुत्केरीसँग उपाध्यक्ष कार्यक्रममार्फत एक क्रेट अण्डा र एउटा कुखुराको भाले दिने व्यवस्था सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार सबै वडामा प्रसूति केन्द्र सञ्चालन गर्नका लागि गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । तर बजेट अभावका कारण केन्द्र सञ्चालनमा ढिलाइ भएको उहाँले बताउनुभयो । “सबै वडामा प्रसूति केन्द्र राख्नका लागि गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरे पनि बजेट अभावले विस्तार गर्न सकिएको छैन, आगामी दिनमा विस्तार हुँदै जानेछ”, उहाँले भन्नुभयो । 

उपाध्यक्ष श्रेष्ठका अनुसार गाउँघरमै प्रसूति केन्द्र नहुँदा महिलालाई समस्या हुँदै आएको छ । प्रसूति केन्द्रको अभावमा घरमै सुत्केरी गराउँदा कतिपयले त ज्यान पनि गुमाएको उहाँको भनाइ छ । 

यसअघि आँबुखैरेनी स्वास्थ्य चौकीबाट प्रसूति सेवा नियमितरुपमा सञ्चालन भइरहेको छ । उक्त केन्द्रबाट वार्षिक १५० भन्दाबढीले सुत्केरी सेवा लिने गरेका छन् । रासस