२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी सभापति बनाउन सहयोग गरेकामा धन्यवाद दिन देउवाको भारत भ्रमण– एस डी मुनी



अ+ अ-

काठमाडौँ । नेपालबारे जानकार मानिने भारतीय कूटनीतिज्ञ एस डी मुनीले नेपाली कांग्रेसको सभापतिमा जिताउन सहयोग गरेबापत धन्यवाद दिन प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गर्न लागेको बताउनुभएको छ ।

आइतबार उहाँले ट्विट गर्दै नेपाली कांग्रेसको साङ्गठनिक नियन्त्रण पुनः प्राप्त गर्न सहयोग गरेकामा दिल्लीलाई धन्यवाद दिन प्रधानमन्त्री देउवाको दिल्ली भ्रमण व्यक्तिगत–राजनीतिक भएको अकथित सन्देश हो भन्नुभएको छ । उहाँले ट्विटमा भन्नुभएको छ, “देउवाले नेपालको संसदीय निर्वाचनमा पनि निरन्तर भारतीय समर्थन खोज्नुपर्ने आवश्यकता छ।”

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा यही चैत १८ गतेदेखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।