१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः आरसीबीविरुद्ध पञ्जाबको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा दुई विकेट गुमाएर २०५ रन बनाएको थियो । जवाफमा पन्जाबले १९ ओभरमा पाँच विकेट गुमाएर २०८ रन बनाएर खेल जित्यो । यस खेलमा कुल २७ छक्का प्रहार गरिएको थियो । बैंगलोरबाट १३ छक्का र पञ्जाबबाट १४ छक्का थिए ।

रोयल च्यालेन्जर्स बैंग्लोरले राम्रो ब्याटिङ गरेको थियो । फाफ डु प्लेसिसको कप्तानी इनिङ्स र अन्तमा दिनेश कार्तिकको आक्रामक ब्याटिङले बैंग्लोरले २० ओभरमा दुई विकेट गुमाएर २०५ रन बनाएको थियो । विराट कोहलीले पनि राम्रो ब्याटिङ गर्दै २९ बलमा एक चौका र दुई छक्काको मद्दतमा ४१ रन बनाएर अविजित रहे । यस्तै, दिनेश कार्तिकले अन्तिममा १४ बलमा ३२ रनको अविजित इनिङ खेले । जसमा तीन चौका र तीन छक्का समावेश थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले सुस्त सुरुवात गरेको थियो । कप्तान फाफ डु प्लेसिस र अनुज रावतले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरे । राहुल चाहरले यो साझेदारी तोडेका थिए । उनले रावतलाई क्लिन बोल्ड गरे । रावतले २० बलमा २ चौका र एक छक्का प्रहार गर्दै २१ रन बनाउन सके । त्यसपछि विराट कोहली र डु प्लेसिसले चौका र छक्काको वर्षा गरे ।

यी दुईबीच दोस्रो विकेटका लागि ६१ बलमा ११८ रनको साझेदारी भयो । यसैबीच डु प्लेसिसले आफ्नो २३ औं अर्धशतक बनाए । उनी ५७ बलमा तीन चौका र सात छक्का प्रहार गर्दै ८८ रन बनाएर आउट भए । अर्शदीपले उनको विकेट लिए । सात रनको व्यक्तिगत स्कोरमा शाहरुख खानले डु प्लेसिसको क्याच छोडेका थिए तर अन्ततः शाहरुखले नै क्याच लिए ।

अन्त्यमा दिनेश कार्तिकले कोहलीसँग मिलेर बैंगलोरलाई २०५ रनको स्कोरमा पुर्याए । कार्तिकको स्ट्राइक रेट २२८ थियो । यस्तै, कोहलीले १४१ को स्ट्राइक रेटमा रन बनाए । कोहली र कार्तिकबीच तेस्रो विकेटका लागि १७ बलमा ३७ रनको साझेदारी भएको थियो । बैंगलोरले अन्तिम ५ ओभरमा एक विकेट गुमाएर ६३ रन बनाएको थियो ।

पञ्जाबको टोलीले राम्रो सुरुवात गरेको थियो । मयंक अग्रवाल र शिखर धवनबीच ७१ रनको ओपनिङ साझेदारी भयो । पञ्जाबलाई पहिलो झटका मयङ्कको रुपमा लाग्यो । उनी २४ बलमा ३२ रन बनाएर आउट भए । उनले आफ्नो पारीमा दुई चौका र दुई छक्का प्रहार गरे । यसपछि धवन र आईपीएल डेब्यु गरेका भानुका राजपाक्षेले दोस्रो विकेटका लागि २५ बलमा ४७ रनको साझेदारी गरे ।

धवन २९ बलमा ४३ रन बनाएर आउट भए । जसमा पाँच चौका र एक छक्का समावेश थियो। त्यसपछि सिराज चम्किए । १४औं ओभरमा उनले भानुका राजापाक्षे र डेब्यु खेल्ने राज बावालाई लगातार दुई बलमा पभिलियन पठाए । राजपाक्षे २२ बलमा दुई चौका र चार छक्का प्रहार गर्दै ४३ रनको शानदार इनिङ्स खेलेर आउट भए । सोही क्रममा अन्डर–१९ स्टार बावा शून्य रनमा पभिलियन फर्किए ।

लियाम लिभिङस्टोन १० बलमा १९ रन बनाएर आउट भए । जसमा दुई छक्का सामेल थिए । अन्तमा ओडियन स्मिथ र शाहरुख खानले २५ बलमा ५२ रनको अविजित साझेदारी गर्दै पञ्जाब टोलीलाई जित दिलाएका थिए । बैंगलोरका लागि सिराजले दुई विकेट लिए । यस्तै आकाश दीप, वानिन्दु हसरंगा र हर्षल पटेलले एक–एक विकेट लिए ।

आजको खेलः गुजरात टाइटन्सविरुद्ध लखनउ सुपर जाइन्ट्स – ७ः४५ बजे