८ भाद्र २०८३, सोमबार
,
Latest
कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन गर्ने पक्षमा कांग्रेस



अ+ अ-

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउनुभएको छ ।

आईतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता महतले यस्तो बताउनु भएको हो । उहाँले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरै भन्दा धेरै सिट जित्छ र पार्टी बलियो बन्छ भन्ने कुरालाई ध्यानमा राखेर गठबन्धन हुने बताउनु भयो । उहाँले पार्टीले केन्द्रिय समितिको बैठकमा सबै वक्ताहरुले बोलेपछि मात्रै यसबारेमा आधिकारिक निर्णय गर्ने पनि बताउनु भयो । प्रवक्ता महतले अहिलेसम्म अधिकांश वक्ताहरुले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्ने धारणा राखेको बताउनु भयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन छ । त्यसमा कसरी जाने भन्ने विषयमा पनि साथीहरुले आफ्नो आफ्नो जिल्लाको अनुभवको आधारमा सुझाव सल्लाह दिनुभएको छ । गठबन्धनको आवश्यक्ता छ भन्ने नै कुरा उहाँहरुले गर्नुभएको छ । आवश्यक्ताको सिद्धान्तमा निर्वाचनमा जाने भनेको भावनाको विषय मात्रै होइन, बढी भन्दा बढी सफलता निर्वाचनमा हासिल गर्नको लागि हामी निर्वाचनमा जाने र बढी भन्दा बढी सफलता हासिल गर्न कतिपय ठाउँमा समझदारी गरेर गठबन्धन गरेर पनि जानु पर्दछ भन्ने नै अधिकांश साथीहरुको मत छ ।

अब भोलिसम्म सबै साथीहरुले बोलिसकेपछि कुन खालको मोडालिटीमा कस्तो खाले ढाँचामा जान्छ भन्ने कुराको पनि निक्र्यौल हुन्छ । गठबन्धनमा जाने नजाने भन्ने कुरा आवश्यक्ताको सिद्धान्त अनुसार अघि बढ्नेछौँ । यो रणनैतिक विषय हो । के गर्दा पार्टीलाई धेरै फाइदा हुन्छ, बढी सिट जित्न सकिन्छ । त्यो भन्दा अरु कुनै क्राइट एरिया हुन सक्दैन । आवश्यक्ताको सिद्धान्तलाई मध्यनजर राखेर निर्णय हुन्छ ।’

प्रवक्ता महतले भोलि (सोमबार) स्थानीय तहको निर्वाचनमा पार्टी गठबन्धनसँग मिलेर जाने वा नजाने भन्ने विषयको टुंगो लाग्ने पनि बताउनु भयो ।




भर्खरै