१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी सेनाद्वारा खेरसन कब्जा



अ+ अ-

किभ । रुसी सेनाले युक्रेनी सहर खेरसन कब्जा गरेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । मस्कोले एक हप्ताअघि आक्रमण गरेपछि कब्जा गरेको खेरसन पहिलो प्रमुख सहरी केन्द्र हो।

अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकले युक्रेनमा भएको सम्भावित युद्ध अपराधको छानबिन तुरुन्तै खोल्ने बताएपछि यो घोषणा आएको हो।

रुसले आक्रमण सुरु गरेदेखि एक हप्तामा १० लाख मानिस युक्रेनबाट भागेका छन् । संयुक्त राष्ट्रसङ्घले यो शताब्दीकै सबैभन्दा छिटो शरणार्थी पलायन भएको बताएको छ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकले युक्रेनमा भएका सम्भावित युद्ध अपराधहरूका सम्बन्धमा तुरुन्तै अनुसन्धान खोल्ने पुष्टि गरे।

यसअघि बुधबार संयुक्त राष्ट्रसङ्घको महासभाले आक्रमणका लागि रुसलाई गाली गर्ने पक्षमा मतदान गर्‍यो। उक्त प्रस्तावलाई सभाका १९३ सदस्यमध्ये १४१ जनाले समर्थन गरेका थिए ।

रुसको रक्षा मन्त्रालयले गत हप्ता युक्रेनमा आक्रमण सुरु भएदेखि ४९८ रुसी सैनिकको मृत्यु भएको र अन्य एक हजार ५९७ जना घाइते भएको बताएको छ।

युक्रेनी सैन्य अधिकारीहरूले सात हजार रूसी सैनिक मारिएको र सयौँलाई बन्दी बनाइएको बताएका छन् ।

संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले युक्रेनमा फेब्रुअरी २४ देखि मार्च १ सम्ममा २२७ नागरिक मारिएको र ५२५ घाइते भएको बताएको छ। यी पुष्टि भएका केसहरू हुन् । वास्तविक मृत्युको सङ्ख्या ‘धेरै बढी’ छ। फ्रान्स२४