१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

रुसी सेनाद्वारा खेरसन कब्जा

रुसी सेनाद्वारा खेरसन कब्जा
अ अ+ अ-

किभ । रुसी सेनाले युक्रेनी सहर खेरसन कब्जा गरेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । मस्कोले एक हप्ताअघि आक्रमण गरेपछि कब्जा गरेको खेरसन पहिलो प्रमुख सहरी केन्द्र हो।

अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकले युक्रेनमा भएको सम्भावित युद्ध अपराधको छानबिन तुरुन्तै खोल्ने बताएपछि यो घोषणा आएको हो।

रुसले आक्रमण सुरु गरेदेखि एक हप्तामा १० लाख मानिस युक्रेनबाट भागेका छन् । संयुक्त राष्ट्रसङ्घले यो शताब्दीकै सबैभन्दा छिटो शरणार्थी पलायन भएको बताएको छ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकले युक्रेनमा भएका सम्भावित युद्ध अपराधहरूका सम्बन्धमा तुरुन्तै अनुसन्धान खोल्ने पुष्टि गरे।

यसअघि बुधबार संयुक्त राष्ट्रसङ्घको महासभाले आक्रमणका लागि रुसलाई गाली गर्ने पक्षमा मतदान गर्‍यो। उक्त प्रस्तावलाई सभाका १९३ सदस्यमध्ये १४१ जनाले समर्थन गरेका थिए ।

रुसको रक्षा मन्त्रालयले गत हप्ता युक्रेनमा आक्रमण सुरु भएदेखि ४९८ रुसी सैनिकको मृत्यु भएको र अन्य एक हजार ५९७ जना घाइते भएको बताएको छ।

युक्रेनी सैन्य अधिकारीहरूले सात हजार रूसी सैनिक मारिएको र सयौँलाई बन्दी बनाइएको बताएका छन् ।

संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले युक्रेनमा फेब्रुअरी २४ देखि मार्च १ सम्ममा २२७ नागरिक मारिएको र ५२५ घाइते भएको बताएको छ। यी पुष्टि भएका केसहरू हुन् । वास्तविक मृत्युको सङ्ख्या ‘धेरै बढी’ छ। फ्रान्स२४