२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनिक अस्पतालद्वारा पोखरा वृद्धाश्रममा स्वास्थ्य शिविर



अ+ अ-

गण्डकी । पोखरा वृद्धाश्रमको २५औँ स्थापना दिवसका अवसरमा सैनिक अस्पताल फूलबारी पोखराले वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

शिविरमा अस्पतालका डा अमृत घिमिरे, डा स्वेता राज्यलक्ष्मी राणा, डा शिशिर श्रेष्ठ, डा अभिशेख थापा, व्यवस्थापक सेनानी विज्ञानराज पोखरेलसहितको १३ सदस्यीय टोलीले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

शिविरमा पोखरा वृद्धाश्रम र आसपासका ५३ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै रु दुई लाख मूल्य बराबरको औषधि तथा पौष्टिक आहार वितरण गरिएको थियो । सेनाका प्राविधिक सहायक रथी डा भुवनराज कुँवरले शिविरको शुभारम्भ गर्दै सेना नागरिक समाजसँग सहकार्य गर्दै सामाजिक सेवामा समर्पित हुँदै आएको बताउनुभयो ।

विजयपुर कमाण्ड सेनापति बाबुराम श्रेष्ठको निर्देशनमा वृद्धाश्रममा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको जानकारी दिँदै उहाँले राज्य र नागरिकलाई पर्ने जस्तोसुकै अप्ठ्यारोमा पनि सेनाले सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका पुष्पराज पौडेलले समाजका ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको क्षेत्रमा मन्त्रालयले सहयोग गरेर सामाजिक उत्तरदायित्व पूरा गर्दै आएको बताउनुभयो ।

पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले सैनिक अस्पतालबाट आगामी दिनमा पनि स्थास्थ्य शिविर सञ्चालन गर्न आग्रह गर्दै आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई भोजनभन्दा पनि औषधोपचारमा बढी खर्च हुने गरेको बताउनुभयो । वृद्धाश्रममा हाल समाजका विपन्न, असहाय एवं अपहेलित ५५ ज्येष्ठ नागरिक आवद्ध रहनुभएको कोषाध्यक्ष धर्म गुरुङले जानकारी दिनुभयो ।