• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
सैनिक अस्पतालद्वारा पोखरा वृद्धाश्रममा स्वास्थ्य शिविर

गण्डकी । पोखरा वृद्धाश्रमको २५औँ स्थापना दिवसका अवसरमा सैनिक अस्पताल फूलबारी पोखराले वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा अस्पतालका डा अमृत घिमिरे, डा स्वेता राज्यलक्ष्मी राणा, डा शिशिर श्रेष्ठ, डा अभिशेख थापा, व्यवस्थापक सेनानी विज्ञानराज पोखरेलसहितको १३ सदस्यीय टोलीले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिको स्वास्थ्य परीक्षण गर्नुभएको थियो