६ श्रावण २०८३, बुधबार
,
Latest
श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे दुई हजार परीक्षण गर्दा आठमा सङ्क्रमण



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा दुई हजार ६५५ मा कोरोना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७५८ जना रहेको छ । पछिल्लो समय २१० कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको सङ्ख्या नौ लाख ६४ हजार ६०८ पुगेको छ । निको हुनेदर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ मात्र रहेको छ । शून्य सङ्क्रमित भएका नौ जिल्ला धनकुटा, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, पूर्वरुकुम, बाजुरा, कञ्चनपुर, डोल्पा, हुम्ला र जुम्ला छन् । नेपालमा सङ्क्रमणदर १७.७ प्रतिशत छ ।

हाल होमआइसोलेशनमा एक हजार ७१७, संस्थागत आइसोलेशनमा ४१, आइसीयूमा १९ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ४७ हजार ७०१ जनाले खोप लगाएका छन् ।