• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक

नेपाल पीएनजीसँग तीन विकेटले पराजित



काठमाडौं । दोस्रो एकदिवसीय खेलमा नेपाल पपुवा न्युगिनी (पीएनजी)सँग ३ विकेटले पराजित भएको छ ।योसँगै दुई ओडिआई खेलको सिरिज भ्रमण टोली पपुवा न्युगिनीले २–० ले जित्दै क्लिनस्विप गरेको छ ।

२ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको पीएनजीले ४८.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

पीएनजीका लागि लेगा सिएकाले सर्वाधिक ९० रनको योगदान दिए । १०२ बल खेलेका उनले १२ चौका र १ छक्का प्रहार गरे । यसैगरी, चाल्र्स अमिनीले ३० बलमा ३५, सेसे बाउले ६९ बलमा ३८, रिले हेकुरले ४५ बलमा ४८, हिरी हिरीले २२ बलमा १३, नोर्मान भनुआले ५ बलमा ११ रन जोडे भने चाड सोपर १६ रनमा अविजित रहे ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने पवन शर्राफले २ तथा सन्दीप लामिछाने र आरिफ शेखले १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २७८ रन जोड्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतक प्रहार गरे । ऐरीले १ सय ३६ बलमा ६ चौका प्रहार गर्दै शतक पूरा गरे । उनले १४० बलमा ७ चौका प्रहार गर्दै १०५ रनको योगदानी दिए ।

योसँगै उनी एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् ।

यसअघि नेपालका पारस खड्का र रोहित पौडेलले शतक प्रहार गरेका थिए ।

यसैगरी, देव खनालले ८६ बलमा ७२, रोहित पौडेलले ३६ बलमा ३५, भीम सार्कीले १९ बलमा २६ रनको योगदानी दिए । अन्तीम ओभरको स्थितीमा सन्दीप लामिछानेले ९ बलमा २४ रन जोड्दै नेपालको लक्ष्यलाई बढाएका थिए । उनले २ चौका र १ छक्का प्रहार गरे ।

पीएनजीका लागि अली नाओले ३ विकेट लिए भने नोर्मान भनुआले २ तथा चाड सोपर र चाल्र्स अमिनीले एक–एक विकेट लिए । दुई एकदिवसीय खेलको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो । अब नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच त्रिदेशीय टि२० आई सिरिज हुनेछ । नेपालले सोमबार पपुवा न्युगिनीको सामना गर्नेछ ।