• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट हो: झलनाथ खनाल



काठमाडौ । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले  नेकपा एमाले माओवादीसँगको एकीकरणपछि नै सकिएको दाबी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजना भएको नेकपा समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय कमिटी प्रथम बिस्तारित बैबठकमा बोल्दै पूर्व प्रधानमन्त्री खनालले यस्तो बताउनु भएको हो । उहाँले नेकपा एमाले भनेको इतिहास भएको भन्दै अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट भएको आरोप लगाउनु भयो ।

पूर्व प्रधानमन्त्री खनालले नयाँ गुटले अहिले पनि देशभर नेकपा एमाले हौँ भनेर भ्रम छर्ने काम गरेको पनि बताउनु भयो । उहाँले नेकपा एमालेमा रहेका नेता तथा कार्यकर्तालाई जनताको साथ दिइरहेको पार्टी नेकपा एकीकृत समाजवादीमा आउन पनि आग्रह गर्नुभयो । उहाँले नेकपा एमालेले आगामी चुनावमा दुई तिहाई सिट नभएर दुई तीन सिट मात्र ल्याउने दाबी गर्नुभयो ।

पूर्व प्रधानमन्त्री खनालले भन्नुभयो, ‘तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई भत्काउनको लागि पार्टी विभाजन गर्ने कामहरु गरियो । तीन वर्षसम्म चलिसकेको एकीकृत पार्टीलाई विभाजित गरियो र त्यो विभाजन पछाडि उत्प्रेषणको अधिकारबाट एउटा नयाँ गुटको जन्म भयो । हामीले लामो समयदेखि लगाएर बनाएको नेकपा जुन थियो त्यो नवौँ महाधिवेशनसम्म लगातार जारी रह्यो । त्यसले महत्वपूर्ण ऐतिहासिक भुमिका पनि खेल्यो । तर निर्वाचनको पूर्व घडि तिरको सेरोफेरोमा हामीले त्यो पार्टी र नेकपा माओवादी केन्द्रसँग एकीकरण ग-यौं ।

एकीकरण गरेपछि त्यतिबेला त नेकपा एमाले त सिध्यो नि । त्यो त इतिहासको वस्तु भयो, त्यो इतिहासको वस्तु भइसकेपछिको अवधिमा उत्प्रेषणको अधिकारबाट सर्वोच्च अदालतबाट व्युँताइएको पार्टीको नाम हो अहिले केपी ओलीको नेतृत्वमा रहेको पार्टी । यो गुट हो । यो नयाँ प्रकारले जन्म भएको गुटले देशभर यो नेकपा एमाले हो भनेर भ्रम छरिरहेको छ ।

हामीले बनाएको नेकपा एमाले त्यो होइन । अझै पनि थुप्रै साथीहरु नेकपा एमालेभित्र हामीले तन्त्रमन्त्र सुनाएका, हामीले प्रशिक्षित गरेका साथीहरु भ्रमवश बस्नुभएको छ । सही क्रान्तिकारी कार्यनिष्ठातिर आउन, समाजवादको बाटोतर्फ अघि बढ्न हार्दिक आह्वान गर्न चाहन्छु, नेकपा एमालेले आगामी चुनावमा दुई तिहाई त होइन, त्यसको उल्टो दुई, तीन वटा हुनसक्छ । अब केपी ओलीले ल्याउने भनेको २÷३ वटा हो ।’

पूर्व प्रधानमन्त्री खनालले आफ्नो पार्टी नेपालको इतिहासमै छोटो समयमै राष्ट्रव्यापी बनेको पनि दाबी गर्नुभयो । उहाँले नेपालको इतिहासमै ६ महिनाभित्रको समयमा अहिलेसम्म कुनै पार्टीले आफूलाई राष्ट्रव्यापी बनाउन नसकेको पनि बताउनु भयो । पूर्व प्रधानमन्त्री खनालले ६ महिनामा पार्टी राष्ट्रव्यापी बन्नु असाधारण विकास भएको दाबीसमेत गर्नुभयो । उहाँले अहिले नेपालमा वैचारिक रुपले दक्षिणपन्थी अवसरवाद सबैभन्दा ठूलो अवरोध भएको बताउनु भयो । पूर्व प्रधानमन्त्री खनालले वर्गीय रुपले दलाल पूँजीवाद सबैभन्दा ठूलो समस्या भएको र त्यसबिरुद्धमा आफ्नो पार्टी लडिरहेको बताउनु भयो ।

पूर्व प्रधानमन्त्री खनालले भन्नुभयो, ‘यतिबेलाको नेपालमा वैचारिक रुपले यो दक्षिणपन्थी अवसरवाद सबैभन्दा ठूलो अवारेध हो । वर्गीय रुपले होइन । वैचारिक रुपले । विचार, नीति सन्दर्भमा यो सबैभन्दा ठूलो अवरोध हो । वर्गीय रुपले दलाल पूँजीवाद हो । त्यो बिरुद्ध हामीले लड्नुपर्छ । हामीले ६ महिनाअघि देखि बिद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेका छौँ ।

यो बीचमा एउटा राष्ट्रव्यापी पार्टीले आकार लिएको छ । नेपालको इतिहास पढ्नुस् त, टंकप्रसाद आचार्यले बनाएको पार्टीदेखि आजसम्म यति पार्टीहरु बने नेपालमा तर ६ महिनामा यत्रो राष्ट्रव्यापी कसले बनाएको थियो ? हामी सोध्न चाहन्छौँ । ६ महिनाको बीचमा यो पार्टीको जुन विकास भयो यो वास्तवमा असाधारण विकास हो । राम्रो ढंगले विकास गरेको छ । तर हामी यसमा सन्तुष्ट छैनौँ ।’

पूर्व प्रधानमन्त्री खनालले नेकपा एमाले आफैँ एउटा गन्जागोलको शिकार बनिरहेको पार्टी दाबी गर्नुभयो ।