१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीविरोधी नेताहरुले एउटै मञ्चबाट सम्बोधन गर्ने



अ+ अ-

काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा रहेका नेताहरुले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । एमसीसीको विरोधमा सुरुदेखि नै आन्दोलित भएका साना कम्युनिष्ट पार्टी र मोर्चाले भोलि शुक्रबार जनसभा आयोजना गर्दैछन् । 

खुलामञ्चमा हुने जनसभामा सत्ता साझेदार दलमध्येका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुले समेत सम्बोधन गर्ने बताइएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रमु्ख प्रतिपक्षी नेकपा (एमाले) का नेता भीम रावलले पनि जनसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । उहाँहरु सबै एमसीसीको विरोधमा हुनुहुन्छ । 

जनसभामा सत्ता गठबन्धनबाट बाहिरिएको संयुक्त जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य, आहुतीलगायतका नेताहरूले पनि जनसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।




भर्खरै