२ आश्विन २०८३, शुक्रबार
,
Latest
सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने बाढीको पानी घट्यो, जोखिम घटेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा २३ राजनीतिक दल दर्ता



अ+ अ-

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा तेइस राजनीतिक दल दर्ता भएका छन् ।

राष्ट्रिय मान्यता प्राप्त छ दलसहित सत्र दलले निर्वाचनका लागि विवरण बुझाएका हुन् । सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

उक्त दलबाहेक अन्य व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न चाहे स्वतन्त्ररुपमा चुनावमा उठ्न सक्ने छन् । राष्ट्रिय मान्यताप्राप्तबाहेक सत्र वटा दललाई उनीहरुको विधानमा उल्लेख भएअनुरुपको चुनाव चिह्न प्रदान गरिने उहाँले बताउनुभयो ।

निर्वाचनलाई मध्यनजर गर्दै एक हजार दुई सय मतपेटिका तयारी अवस्थामा राखिएको र ती मतटपेटिका ४३, ८० र ८५ लिटर क्षमताका छन् ।

चैत १३ गतेभित्र जिल्लाको अन्तिम मतदाता नामावली प्रकाशित गरिने कार्यालयप्रमुख ढकालले जानकारी दिनुभयो । निर्वाचनको लागि जिल्लामा एक हजार ६०० जनशक्ति आवश्यकता पर्ने बताइएको छ ।