१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

माओवाद ब्राण्ड समातेर देश विकास हुँदैन – बाबुराम भट्टराई

माओवाद ब्राण्ड समातेर देश विकास हुँदैन – बाबुराम भट्टराई
file photo
अ अ+ अ-

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवाद ब्राण्ड समातेर देश विकास नहुने बताउनु भएको छ ।

शुक्रवार राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरु र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताउनु भएको हो । उहाँले समय धेरै फेरिसकेको भन्दै अब मोओको अर्थ राजनीतिको पक्षबाट आर्थिक विकास हुन नसक्ने बताउनु भयो । पूर्व प्रधानमन्त्री भट्टराईले माओवादीका नेताहरुलाई अब त्याङवादी भएर आर्थिक विकास र समृद्धिको बारेमा सौच्न पनि सुझाव दिनुभयो । उहाँले छिटो दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नको लागि, रोजगार सिर्जना गर्न र व्यापार घाटा घटाउन तथा तीव्र गतिले देश विकास गर्न हिजोको उदारवाद र साम्यवादको मोडेलभन्दा फरक ढंगले अघि जाने आँट गर्नुपर्ने बताउनु भयो ।

पूर्व प्रधानमन्त्री भट्टराईले भन्नुभयो, ‘अब हामीले माओवादी ब्राण्ड समातेर देशको विकास हुँदैन, जनयुद्धप्रति मलाई गर्व छ । तैँले हत्या गरिस् भन्छन्, मैले हत्या त गरेको होइन, क्रान्तिका क्रममा भएको हो । माओवादको एउटा फौजि पक्ष थियो, त्यसको हामीले सफलतापूर्वक प्रयोग गरेका थियौँ । तर अब जहाँसम्म आर्थिक निर्माणको पक्ष छ, पुरानो सत्ता भत्काउन त फौजि पक्षको आवश्यक्ता थियो हामीले भत्कायौँ । तर नयाँ निर्माण गर्नको निम्ति अब त अर्थ राजनीति पक्ष जरुरी छ । अब माओको अर्थ राजनीतिको पक्षबाट पुग्दैन । माओवादी भएर होइन, अब त्याङवादी भएर, साथीहरुले त्याङवादी भएर काम गरेमा आर्थिक विकास र समृद्धि ल्याउन सकिन्छ । नेपालको सन्दर्भमा भन्ने हो भने लिकुयानी वादी लिवादी बने हुन्छ । त्यो भनेको एकप्रकारको व्यवहारवाद हो । हामीले छिटो दुई अंकको वृद्धिदर हासिल गर्नुछ, रोजगारी सिर्जना गर्नुछ, व्यापार घाटा घटाउनुछ र देशको तीव्र गतिले विकास गर्नुछ भने हामीले हिजोको उदारवाद र हिजोको साम्यवादको मोडेलभन्दा फरक ढंगले अघि जाने आँट गरौँ ।’

पूर्व प्रधानमन्त्री भट्टराईले अर्थतन्त्रलाई तथ्यांकको खेलबाट मुक्त गर्न युवा अर्थशास्त्रीहरुलाई सुझाव दिनुभयो । उहाँले नेपालको अर्थतन्त्र कसरी यस्तो भयो । कसरी समाधान गर्ने भन्ने कुरा सोच्न आवश्यक रहेको पनि बताउनु भयो । पूर्व प्रधानमन्त्री भट्टराईले छिमेकी देशहरुमा आर्थिक स्तर बढीहरेको बेलामा नेपालमा यसको संरचनात्मक कारण के हो ? संस्थागत कारण के हो ? वैचारिक कारण के हो ? हाम्रो प्रश्न त्यहाँ हुनुपर्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय पूँजी कहाँ पुगिरहेको छ ? अहिलेको विश्वको अर्थतन्त्रको प्रवृत्ति के हो ? र क्षेत्रीय प्रवृत्ति के हो ? त्यसको प्रभाव हामीलाई के परिरहेको छ भन्ने बारेमा सोचेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले उहाँले समाजवाद अर्थतन्त्र नभइ समाजवादमा पुग्ने लक्ष्यको अर्थतन्त्रलाई सोचेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

पूर्व प्रधानमन्त्री भट्टराईले भन्नुभयो, ‘युवा अर्थशास्त्रीहरुलाई मेरो सुझाव के हो भने, हामीले यो अर्थतन्त्रलाई तथ्यांकको खेलबाट पनि मुक्त गर्दिनुपर्छ । तथ्यांकले त मात्र के मात्रै भन्छ । ह्वाई र हाउ ? भन्दैन त्यसले । हामीलाई किन भयो ? र यसलाई कसरी बदल्ने भन्ने चाहिएको छ । तथ्यांकले विश्लेषण एनालाइसिससम्म त गर्छ, तर सेन्थेसिस गरेर समाधानतिर अघि जाने काम त्यति गर्दैन । त्यसैले हामीले अहिले के भइरहेको छ, के चाहिएको छ, हामी गरिव छौँ, बेरोजगार छौँ, परनिर्भर छौँ, आयातमा निर्भर छौँ, पूँजीको अभाव छ, भएको पूँजी पनि खर्च गर्ने क्षमता छैन । भ्रष्टाचार छ । असमानता छ, विभेद छ । हामी सबैलाई थाहा छ । तर किन भयो, यो त रोगको लक्षण छैन । ज्वरो आयो त्यो त रोगको लक्षण हो, तर ज्वरो धेरै तरिकले आउँछ । त्यसैले ४०/५० वर्षदेखि किन यो भइरहेको छ ?

आर्थिक वृद्धिदर ३०/४० वर्षदेखि ४ प्रतिशत मात्रै छ । जबकी यो बीचमा हाम्रा छरछिमेकका सबै देशहरुले भुटानले समेत, बंगलादेशले, हामीलाई उछिनेर अघि गइसक्यो । अरु कोरिया, सिंगापुरका कुरा त छोडिदियौँ । त्यसैले हाम्रो आवश्यक्ता यो किन भइरहेको छ ? यसको संरचनात्मक कारण के हो ? संस्थागत कारण के हो ? वैचारिक कारण के हो ? हाम्रो प्रश्न त्यहाँ हुनुपर्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय पूँजी कहाँ पुगिरहेको छ ? अहिलेको विश्वको अर्थतन्त्रको प्रवृत्ति के हो ? र क्षेत्रीय प्रवृत्ति के हो ? त्यसको प्रभाव हामीलाई के परिरहेको छ । के त्यसबाट मुक्त हुन सकिन्छ ? हो त्यसको एउटा गहन विश्लेषणसहितको संश्लेषण चाहियो । अनि हामी कहाँ चुक्यौँ ? ४० वर्षदेखि भनिरहेका छौँ हामी कहिल्यै सुध्रिदैनौँ, हाम्रो छोरा, नाती, नातिनी विदेश गइसके, बुढापाका मात्रै देशमा रहने बेला आइसक्यो अझै हामीलाई चेत आएको छैन । त्यसैले समाजवाद अर्थतन्त्र होइन, त्यो बेला हामीले समाजवादमा पुग्ने लक्ष्य राखेका हौँ, अहिले समाजवाद अर्थतन्त्र होइन, त्यो लक्ष्य हो ।’

पूर्व प्रधानमन्त्री भट्टराईले अर्थतन्त्रलाई तीव्र गतिले रुपान्तरण गर्नका लागि औदोगिक रुपान्तरण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अहिलेको विश्व परिस्थिति, छिमेक र अहिलेको नेपालको अवस्थालाई ध्यान दिएर नीति बनाउनु पर्नेमा जोड दिनुभयो । पूर्व प्रधानमन्त्री भट्टराईले आर्थिक क्षेत्रमा भएको विगतको पदावली र शब्दावलीको घेरामा नपर्न पनि आग्रह गर्नुभयो । उहाँले अबको विश्व भूमण्डलीकृत पूँजीवादको विश्व भएको र नेपाल किनारा पूँजीवादको वरपर रहेको बताउनु भयो । उहाँले आर्थिक क्षेत्रलाई सुदृढिकरण गर्न पहिलो जोड वृद्धि र ध्यान वितरण, दिगोपन र खुशीपनमा ध्यान दिएमात्र देशको रुपान्तरण हुने बताउनु भयो । उहाँले वकसित अर्थतन्त्रको औद्योगिकीकरण गर्न पहिले कृषिमा आश्रित जनसंख्यालाई घटाउनु पर्ने र आर्थिक क्षेत्रको सुधारका लागि राजनीति क्षेत्रलाई सुधार्नु पर्ने बताउनु भयो । उहाँले आर्थिक विकास र देश विकासको लागि सके प्रत्यक्ष निर्वाचित राष्ट्रप्रति, प्रधानमन्त्री प्रणाली र पूर्ण समानुपातिक संसदमा जाने वा सहमतीय सरकार बनाउनु पर्नेमा जोड दिनुभयो ।

पूर्व प्रधानमन्त्री भट्टराईले भन्नुभयो, ‘हामीले हाम्रो अर्थतन्त्रलाई तीव्र गतिले रुपान्तरण गर्ने हो भने हामीले इतिहासमा भएका दुई बाटा, पूँजीवाद र उदारवादले बाह्य बजार कब्जा गरेर त्यसमार्फत तीव्र विकास गर्ने सुविधा पनि हामीलाई छैन । अर्को एकदलीय प्रणालीले सम्पूर्ण सत्ता र सम्पूर्ण साधनश्रोत, सम्पूर्ण श्रम शक्ति, आफूले परिचालन गरेर तीव्र विकास गर्ने उत्पादन बढाउने छुट र सम्भावना पनि हामीलाई छैन । यो नेपालको अहिलेको यथार्थ हो । स्टल प्रि इण्डेस्ट्रिल फेजमा जकडिएको जुन अर्थतन्त्र छ, त्यसलाई तीव्र एउटा टेकअफ लगाएर तीव्र ग्रेटलिभ लगाएर औद्योगिक रुपान्तरण गर्ने हो । एक प्रकारको पूँजीवादी रुपान्तरण गर्ने हो भने हामीले अहिलेको विश्व परिस्थिति, अहिलेको छिमेक र अहिलेको नेपालको अवस्थालाई ध्यान दिएर त्यो प्रकारको नीति बनाउनु पर्छ । त्यसैले पहिको काम वैचारिक ढंगले हामी मुक्त बनौँ । हिजोका पदावली र शब्दावलीको घेरामा नपरौँ ।’