१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावी गठबन्धनको जिम्मा तल्ला समितिलाई दिन कोइरालाईको देउवासँग आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तह चुनावमा गठबन्धनको जिम्मा जिम्मा तल्ला समितिलाई दिनुपर्ने बताएका छन् ।

शुक्रबार बिहान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने÷नगर्ने विषयको निर्णय तल्ला समितिलाई दिँदा राम्रो हुने बताए । उनले यस्तो निर्णय केन्द्रीय समितिले गर्न नहुने बताएका हुन् ।

सभापति देउवा सत्ता साझेदार दलहरूबीच चुनावी सहकार्यसहित जाने तयारीमा देखिएका छन् तर पार्टीका अन्य नेताहरू भने त्यसको विरोध गर्दै आएका छन् ।

दुवै नेताबीच पार्टीको १४औँ महाधिवेशपछि पहिलोपटक भेटवार्ता भएको हो । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको बताइएको छ ।

शुक्रबार भएको भेटमा नेता कोइरालाले पार्टीका भ्रातृ सङ्गठनहरुमा एकलौटी ढङ्गले नियुक्ति गरिएको भन्दै तीव्र असन्तुष्टि प्रकट गरेका थिए । पार्टी सभापति देउवाले कोइरालासँग सबैलाई समेटेर भ्रातृ सङ्गठनको तदर्थ समितिको नेतृत्व चयन गरिने बताएका थिए ।

सभापति देउवाले बुधबार नेविसङ्घको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए । कोइराला समूहले आफूहरुसँग परामर्श नगरी तदर्थ समिति गठन गरेको भन्दै आवश्यक परे समानान्तर समिति गठन गर्ने चेतावनी दिएको छ ।