२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावी गठबन्धनको जिम्मा तल्ला समितिलाई दिन कोइरालाईको देउवासँग आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तह चुनावमा गठबन्धनको जिम्मा जिम्मा तल्ला समितिलाई दिनुपर्ने बताएका छन् ।

शुक्रबार बिहान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने÷नगर्ने विषयको निर्णय तल्ला समितिलाई दिँदा राम्रो हुने बताए । उनले यस्तो निर्णय केन्द्रीय समितिले गर्न नहुने बताएका हुन् ।

सभापति देउवा सत्ता साझेदार दलहरूबीच चुनावी सहकार्यसहित जाने तयारीमा देखिएका छन् तर पार्टीका अन्य नेताहरू भने त्यसको विरोध गर्दै आएका छन् ।

दुवै नेताबीच पार्टीको १४औँ महाधिवेशपछि पहिलोपटक भेटवार्ता भएको हो । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको बताइएको छ ।

शुक्रबार भएको भेटमा नेता कोइरालाले पार्टीका भ्रातृ सङ्गठनहरुमा एकलौटी ढङ्गले नियुक्ति गरिएको भन्दै तीव्र असन्तुष्टि प्रकट गरेका थिए । पार्टी सभापति देउवाले कोइरालासँग सबैलाई समेटेर भ्रातृ सङ्गठनको तदर्थ समितिको नेतृत्व चयन गरिने बताएका थिए ।

सभापति देउवाले बुधबार नेविसङ्घको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए । कोइराला समूहले आफूहरुसँग परामर्श नगरी तदर्थ समिति गठन गरेको भन्दै आवश्यक परे समानान्तर समिति गठन गर्ने चेतावनी दिएको छ ।