१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्रीको कार्यक्रम यस्तो छ



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा तीन दिवसीय नेपाल भ्रमणका क्रममा स्टेट काउन्सिलर तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीका कार्यक्रम यस्ता रहेका छन् ।

शनिबार उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुनेछ ।

त्यसपछि उहाँले आफ्ना नेपाली समकक्षी परराष्ट्रमन्त्री डा खड्कासँग आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै द्विपक्षीय वार्ता गर्नुहुनेछ ।

आइतबार बिहान ९ः३० मा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

सोही दिन बिहान ११ बजे विदेशमन्त्री यीले होटल मेरियटमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग द्विपक्षीय भेट गर्नुहुनेछ । सो अवसरमा अध्यक्ष ओलीको टोलीमा उपाध्यक्षसहित सात सदस्य रहनुहुने बताइएको छ ।

सोही दिन उहाँले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि द्विपक्षीय भेट गर्नुहुनेछ ।

आइतबार बिहान उहाँ शिवपुरी हाइकिङ गर्नुहुनेछ । यसअघि पनि यीले नेपाल भ्रमणका क्रममा चन्द्रागिरिको हाइकिङ गर्नुभएको थियो ।

दिउँसो उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमणमा रहँदा उहाँ द्वारिका होटलमा बस्नुहुने जनाइएको छ ।