१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

कानूनी व्यवस्थाबारे थाहा नहुँदा अझै रोकिएन बालबिवाह

कानूनी व्यवस्थाबारे थाहा नहुँदा अझै रोकिएन बालबिवाह
अ अ+ अ-

जनकपुर । नेपालको कानूनमा २० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने व्यवस्था रहे पनि धनुषामा अझै बालविवाह भइरहेको छ । केटा र केटीको उमेर २० वर्ष नपुगी विवाह गर्नु हुन, त्यस्तो विवाह कानूनीरुपमा स्वतःबदर हुन्छ र दण्डितसमेत हुने कुरा अधिकांशलाई थाहा नहुँदा सानै उमेरमा विवाह गराई दिनेक्रम बढेको हो । 

बालविवाह हुनेक्रम बढेपछि धनुषा प्रहरीले बालविवाह रोक्न विशेष अभियान नै चलाएको छ । अभियानअन्तर्गत विगत डेढ महिनाको अवधिमा धनुषामा नौ वटा बालविवाह रोकाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

कोही जानीजानी वा कोही नजानी छोराछोरीको विवाह गराउने प्रवृत्ति ह्वातै बढेपछि बालविवाह रोक्नका लागि अभियान नै चलाइएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । अभिभावलाई बालविवाह कानूनीरुपमा अपराध भएको र बालविवाह गराए कानूनी कारवाही हुनेबारेमा जनचेतनामूलक कार्यक्रमसँगै बालविवाह रोक्ने अभियान चलाउँदै आएको उहाँको भनाइ छ ।  

“सामुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गाउँगाउँमा बालविवाहबारे अन्तक्र्रियासँगै बालविवाह भइरहेको सूचना पाए तत्कालै रोकाउने गरेका छौँ”, प्रहरी नायब उपरीक्षक बस्नेतले भन्नुभयो, “यसबाट विगतको भन्दा बालविवाहमा कमी आउने विश्वास लिएका छौँ ।” गत माघ महिनायता जिल्लाभरि नौ वटा बालविवाह रोकाइएको उहाँले बताउनुभयो । “बालविवाह हुँदैछ भन्ने जानकारी पाएपछि हामी त्यहाँ पुग्छौँ”, उहाँले भन्नुभयो, “बास्तवमै उमेर नपुगेर विवाह भइरहेको पाइएपछि अभिभावक, न्यायिक समिति, नागरिक समाजलगायतका व्यक्तिको समन्वयमा बालविवाह रोकाइरहेका छौँ ।” 

प्रहरीले बालविवाह रोकाउँदा कतिपय अभिभावकले त्यसलाई सहजरुपमै लिने गरिए पनि अधिकांशले निराशा र चिन्ता नै व्यक्त गर्ने गरेका छन् । “केटी पक्षले राम्रो केटा र घर हेरे विवाह तय गर्ने गरेका छन्”, धनुषाको विदेह नगरपालिका–६ निवासी विजय मण्डलले भन्नुभयो, “विवाह कुरा गरिरहँदा केटा र केटीको उमेरको कुरै चल्दैन, यसबारे छलफल भए पनि उमेरलाई खासै वास्ता गरिँदैन ।” कानूनी व्यवस्थाबारे धेरैलाई थाहै हुँदैन, कतिपयलाई थाहा भए पनि वास्ता गर्दैन, उहाँको भनाइ छ ।  

कानूनी कुराको ज्ञान नभएकाले ठूलो रकम खर्चिएर विवाहको तयारी गर्ने अन्तिममा जन्ती आउने बेलामा विवाह रोकिइदिएपछि अभिभावक अप्ठ्यारोमा पर्ने गरेका छन् । आफूहरुलाई छोरीको विवाह गर्न २० वर्ष पुग्नैपर्छ भन्ने विषयमा जानकारी नभएकाले सानै उमेरमा छोरीको विवाह गराउन लागेको बालविवाह रोकिएका अधिकांश अभिभावकको भनाइ छ । 

कतिपय अभिभावकमा बालविवाह कानूनी अपराध हो, बालविवाह गरिए कानूनी दण्ड र सजाय भोग्नुपर्छ भन्ने कुराको ज्ञान नभएकाले छोराछोरीको उमेर नपुग्नै विवाह गराइरहेका छन् भने कतिपयले कानूनी कुरा बुझेर पनि दाइजोको लोभ, राम्रो केटा र घर पाएपछि विवाह गरिहालौँ भन्ने गलत सोचका कारण बालविवाह गराइरहेको बुद्धिजीवीको भनाइ छ । “नेपालको कानूनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज गरेको भए पनि अझै बालविवाह हुँदै आएको छ”, बुद्धिजीवी तथा दलित अगुवा सिजेन्द्र सदाले भन्नुभयो, “उमेर पुगेपछि छोरीलाई भने जस्तो केटा नपाइने, केटा पाइहाले पनि धेरै दाइजो दिनुपर्ने त्रासका कारण सानै उमेरमा विवाह गर्ने प्रवृत्ति मौलाएको छ ।” 

“हामीले पछिल्लो केही वर्षदेखि गाउँगाउँ, विद्यालयमा पुगेर बालविवाहबाट हुने असर, त्यसले महिलामा पुग्ने कुप्रभावका विषयमा अभिभावक र बालबालिकाबीच सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएका छौं”, दलित अगुवा सदाले भन्नुभयो, “बालविवाह न्यूनीकरणका लागि सचेतना अभियान सञ्चालन गरिएपनि यसको अन्त्य भएको छैन् ।” 

समाजले कम उमेरमा हुने विवाहलाई सहजै मान्यता दिँदा समस्या भइरहेको उहाँको भनाइ छ । बालविवाह कानूनी अपराध हो । विद्यालयमा पनि बालविवाहविरुद्ध जनचेतना जगाउने विभिन्न कार्यक्रम हुन्छन् तर रोक्न सकिएको छैन । मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद ११ को दफा १७३ को १, २ र ३ मा बालविवाह गर्नु÷गराउनु हुँदैन, गराएमा त्यस्तो विवाह स्वतःबदर हुने र बालविवाहको कसुर गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको अधिवक्ता डोमन साहले जानकारी दिनुभयो । (रासस,राजु विश्वकर्मा)