२० माघ २०८१, आईतवार
,
Latest
आयोजक टाइगर ग्रुपले जित्यो टाइगर कपको उपाधि निर्माण व्यवसायीको अघिल्लो वर्षको भुक्तानी बाँकी छैन, कानून बमोजिम दाबी भुक्तानी पनि रोकिँदैनः अर्थमन्त्री पौडेल राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण सरकारले जनताको पक्षमा काम गरिरहेको छः सांसद बिसी नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य क्यानाडाले मङ्गलबार अमेरिकामाथि जवाफी भन्सार महसुल लगाउने: ट्रुडो अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो म्याग्दीका जिसस प्रमुख सहकारी ठगी आरोपमा पक्राउ बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला जनकपुरमा व्यवसायीमाथि रड प्रहार गरी निर्घात कुटपिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ विदेश मन्त्री पूर्वनिर्धारित समयभन्दा दुई घन्टाअघि नै काठमाडौं उत्रिने



अ+ अ-

काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी पूर्वनिर्धारित समयभन्दा दुई घन्टाअघि नै काठमाडौं उत्रिने हुनुभएको छ ।

यसअघि उहाँ साढे पाँच बजे काठमाडौं आउने भनिएको थियो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार वाङको चार्टर्ड जहाज २ घन्टाअघि नै काठमाडौं आउने भएको हो ।

वाङ अहिले भारतको राजधानी नयाँदिल्लीमा हुनुहुन्छ ।

नेपालमा रहदा उहाँको बसाई बत्तिसपुलतीमा रहेको होटल द्वारीकामा हुने स्रोतले जनाएको छ । विदेशमन्त्री यीले सनिबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने छ ।

यसैगरीपराराष्ट्रमन्त्री डा खड्का र विदेशमन्त्री यीले शनिबार आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै द्विपक्षीय वार्ता गर्नुहुनेछ । विदेशमन्त्री यी होटल द्वारीकामा नै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा मदन भण्डारी बिज्ञान तथा प्रबिधि प्रतिष्ठान,दासढुङा नारायणगढ कोरिडर आयोजना सहित केही बिषयहरुमा सम्झौता हुने जनाईएको छ । यसै गरी चीनले नेपाललाई उपलब्ध गराउदै आएको सहयोग रकममा बृद्धि गर्ने , विसं २०७६ मा नेपाल र चीनबीच भएको १९ वटा सहमति तथा सम्झौताका सन्दर्भमा छलफल हुने जनाईएको छ ।