३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

चीनका विदेशमन्त्री वाङ यी होटल द्वारीकामा बस्ने , मदन भण्डारी बिज्ञान तथा प्रबिधि प्रतिष्ठान लगायत झण्डै एक दर्जन बिषयमा सम्झौताको तयारी

चीनका विदेशमन्त्री वाङ यी होटल द्वारीकामा बस्ने , मदन भण्डारी बिज्ञान तथा प्रबिधि प्रतिष्ठान लगायत झण्डै एक दर्जन बिषयमा सम्झौताको तयारी
अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काको निमन्त्रणामा स्टेट काउन्सिलर तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीले नेपाल आउदै हुनुहुन्छ। विदेशमन्त्री यी भारत हुँदै दिउँसो ३ बजे  काठमाण्डौ आईपुग्नु हुने छ ।

नेपालमा रहदा उहाँको बसाई बत्तिसपुलतीमा रहेको होटल द्वारीकामा हुने स्रोतले जनाएको छ । विदेशमन्त्री यीले सनिबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने छ ।

यसैगरीपराराष्ट्रमन्त्री डा खड्का र विदेशमन्त्री यीले सनिबार गते आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै द्विपक्षीय वार्ता गर्नुहुनेछ । विदेशमन्त्री यी होटल द्वारीकामा नै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा मदन भण्डारी बिज्ञान तथा प्रबिधि प्रतिष्ठान,दासढुङा नारायणगढ कोरिडर आयोजना सहित केही बिषयहरुमा सम्झौता हुने जनाईएको छ । यसै गरी चीनले नेपाललाई उपलब्ध गराउदै आएको सहयोग रकममा बृद्धि गर्ने , विसं २०७६ मा नेपाल र चीनबीच भएको १९ वटा सहमति तथा सम्झौताका सन्दर्भमा छलफल हुने जनाईएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच १९ वटा सहमति तथा सम्झौता भएको थियो ।सरकारी भेटवार्ताका क्रममा नेपाल सरकारले नेपाल र चीनबीच सीमा समस्या रहेको सार्वजनिकरुपमै कुरा उठाएपछि विदेशमन्त्रीको भ्रमणका क्रममा सो विषयमा पनि छलफल हुने उच्च स्रोतले जनाएको छ ।

दुई मुलुकबीच चीन–नेपाल सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन, सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरण, सीमा व्यवस्थापन प्रणाली जस्ता विषयमा सहमति तथा सम्झौता भएको थियो ।

यसै गरी भरतपुर क्यान्सर अस्पतालमा सहयोग ,चीनमा विकासे घांस निर्यातबारे समझदारी हुने र कोरोनका कारण चीनमा अध्यायन गरिरहेका नेपाली बिद्यार्थीहरु लाई फर्कन सहज बनाउने बारे पछि सहमति हुन सक्ने स्रोतले जानकारी दिएको छ ।