९ मंसिर २०८१, आईतवार
,
Latest
ऋषभ पन्तलाई लखनउले २७ करोडमा किन्यो, आईपीएल इतिहासकै महँगा खेलाडी मिचेल स्टार्क ११ करोड ७५ लाखमा दिल्लीमा अनुबन्धित जोस बटलर १५ करोड ७५ लाखमा गुजरातमा अनुबन्धित श्रेयस अय्यरलाई २६ करोड ७५ लाखमा पञ्जावले किन्यो, आईपीएल इतिहासकै महँगा खेलाडी चितवन राष्ट्रिय निकुञ्ज आउने पर्यटक घटे आईपीएल अक्सनः रबाडा १० करोड ७५ लाखमा गुजरातमा अनुबन्धित आईपीएल अक्सनः अर्शदीप सिंहलाई पञ्जाव किंग्सले १८ करोडमा किन्यो खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती चिकित्सा शिक्षा आयोगको बैठक: पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई पीएनजीले दियो २९३ रनको लक्ष्य



file photo
अ+ अ-

काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)ले नेपालसामु बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पीएनजीले नेपाललाई २ सय ९३ रनको बलियो लक्ष्य दिएको हो ।

टस जितेर नेपालले पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको पाहुना टोली पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९२ रन बनायो । नेपालविरुद्ध कुनै राष्ट्रले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा बनाएको यो नै सर्वाधिक रन समेत हो ।

पीएनजीका दुई खेलाडीले अर्धशतक पुरा गरे । चार्ल्स अमिनीले सर्वाधिक ७७ रन जोडे । उनले १ सय ३ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, कप्तान असद भालाले ५५ बलमा ११ चौका प्रहार गर्दै ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै ओपनर टोनी उराले ४७ बलमा ३८ रन बनाउँदा रिले हेकुरे ४० बल खेल्दै ३१ रनमा आउट भए । नोरमान भनुआले २८ बलमा ४७ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै, जासन किला ११ बल खेल्दै १३ रनमा अविजित रहे ।

नेपालका लागि कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए । सन्दीप लामिछाने र आरिफ शेखले १/१ विकेट चट्काए ।