२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालीमा ८८६ नागरिक मारिए, घाइते वा अपहृत भए : संयुक्त राष्ट्रसंघ



अ+ अ-

बामाको ‘माली’। गत वर्षको दोस्रो छ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएको, घाइते भएको वा बेपत्ता भएको मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसन (MINUSMA) ले प्रकाशित नोटमा जनाइएको छ। पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ।

दस्तावेजका अनुसार गत वर्षको पहिलो छ महिनाको तुलनामा हिंसाबाट प्रभावित सर्वसाधारणको संख्या ७ प्रतिशतले घटेको देखिएको छ । समूह फर द सपोर्ट अफ इस्लाम एन्ड मुस्लिम जस्ता समूहहरूबाट हुने मानवअधिकार उल्लङ्घनमा भने अघिल्लो अवधिको तुलनामा २१ प्रतिशतले वृद्धि भएको छ।

नोटमा भनिएको छ हिंसा देशको केन्द्रमा विशेष गरी बन्दियागारा, डुएन्जा, मोप्ती र सेगोउ क्षेत्रहरूमा किन्द्रित थियो । सन् २०१२ देखि मालीले सुरक्षा, राजनीतिक र आर्थिक स्तरमा गहिरो बहुआयामिक सङ्कटको सामना गरिरहेको छ।

स्वतन्त्रता विद्रोह, जिहादी आक्रमण र अन्तर-सामुदायिक हिंसाले यस पश्चिम अफ्रिकी देशमा हजारौंको ज्यान लिएको छ भने हजारौं विस्थापित भएका छन्। (रासस/एएनआई/सिन्ह्वा)