२१ मंसिर २०८२, आईतवार
,
Latest
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु गोरखाको रिपुम गुम्बामा आगालागी सबल अर्थतन्त्रका लागि ऊर्जा क्षेत्रमा आवश्यक छ स्पष्ट नीति एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

२३२ मेट्रिक टन रासायनिक मल भित्रियो



अ+ अ-

सिन्धुपाल्चोक । तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ । सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो ।

बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण गरी राजधानी पठाइएको तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले जानकारी दिनुभयो ।

रासायनिक मलको चर्को अभाव झेल्दै आएका किसानलाई यसले राहत दिने बताइएको छ । सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो ।

बोलपत्र पाएपछि छ महिनाअघि सो कम्पनीले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । अहिले बाँकी मल ल्याउन थालिएको कम्पनीले जनाएको छ ।रासस