• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

इटाली विश्वकपमा छनोट हुन असफल



एजेन्सी । फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफको सेमिफाइनल खेलमा नर्थ म्यासेडोनियासँग स्तब्ध हुदै इटालीले विश्वकपमा स्थान बनाउन असफल भएको छ ।

युरो २०२० को विजेतासमेत रहेको इटाली नर्थ म्यासेडोनियासँग १–० ले पराजित हुदै इटाली विश्वकपमा छनोट हुन असफल भएको हो ।

एलेक्सान्डर ट्राजकोभ्स्कीले गरेको गोल नै नर्थ म्यासेडोनियाको जितमा निर्णायक बन्यो ।

अब नर्थ म्यासेडोनियाले विश्वकपमा छनोट हुन प्ले अफको फाइनलमा २९ मार्चमा पोर्चुगलसँग खेल्नेछ । यता, पोर्चुगलले भने बिहीबार राति नै टर्कीलाई ३–१ ले पराजित गर्दै विश्वकपको छनोट नजिक पुगेको छ ।