२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमा नेपाल पीएनजीसँग भिड्दै



file photo
अ+ अ-

काठमाडौं । नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आज (शुक्रबार) पपुवा न्युगिनी (पीएनजी)विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

नेपालले पीएनजीसँग दुई ओडिआई सिरिज अन्तर्गत पहिलो पटक घरेलु मैदान टियुमा खेल्न लागेको हो ।

खेल बिहान ९ बजे टियु मैदान कीर्तिपुरमा हुनेछ । नेपाललाई घरेलु मैदान र समर्थक दुबैको साथ रहेकाले उच्च मनोबलका साथ मैदान उत्रदैछ ।

यसै साता नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई २ विकेट र ७ विकेटले पराजित गरेको थियो ।

गत असोजमा दुबै ओडिआई खेलमा नेपाल २ विकेट र १ सय ५१ रनले विजयी बनेको थियो ।

२०१८ मा नेपालले एकदिवसिय विश्वकप छनोटमा जिम्बावेलाई ६ विकेटले हराउँदै ओडिआई मान्यता पाएपछि नेपाल पपुवा न्युगिनीसँग हाबी हुँदै सम्पूर्ण खेल आफ्नो पक्षमा पारेको छ । नेपाल पपुवा न्युगिनीमाथि लगातार छैटौं जित निकाल्ने सोचमा हुनेछ ।

दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी–ट्वान्टी सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो । दोस्रो खेल शनिबार हुनेछ ।