११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday

31.27°C

काठमाडौं

31.27°C

Kathmandu

Feels-like: 29.16

Wind: 5.14

Humidity: 14

Latest
स्टन्ट गरेर, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउन योजना अनुरूप काम गर्नुपर्छः सुनिता डङ्गोल पाथीभरा केबलकारको समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न तयार छौँः पहिचानवादीहरु काश्मीर आक्रमणकारीहरूलाई ‘पृथ्वीको कुनाकुना’ सम्म खोज्ने भारतीय प्रधानमन्त्रीको प्रतिज्ञा काठमाडौँ टावरमा केही व्यक्तिहरुको नाफाका लागि नीतिगत भ्रष्टाचार भएको छ परियोजनाको प्राथमिकताको आधारमा बजेट छुट्ट्याउनुपर्छः पूर्वअर्थमन्त्री महत लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशन प्रधानमन्त्रीले शुक्रबार संसद्‌मा सम्बोधन गर्ने माईतीघरमा चिकित्सकहरुको प्रदर्शन नवःदेगको मुगल शैलीमा बनाइएको मन्दिर प्यागोडा शैलीमा पुनःनिर्माण गरिदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनीले चेन्नई सुपर किङ्ग्सको कप्तानी जडेजालाई सुम्पिए



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ सुरु हुनु दुई दिनअघि चेन्नई सुपर किङ्ग्स टिमको नेतृत्वमा ठूलो परिवर्तन भएको छ ।

महेन्द्र सिंह धोनी चेन्नई सुपर किंग्सको कप्तान हुने छैनन् । चेन्नईले आफ्नो ट्वीटर अकाउन्टबाट यो जानकारी दिएको हो । उनले टोलीको कप्तानी छाडेका छन् । उनको स्थानमा रविन्द्र जडेजाले जिम्मेवारी सम्हाल्नेछन् । जडेजा सन् २०१२ देखि चेन्नई सुपर किंग्सको टोलीमा रहेका छन् । चेन्नईले धोनीको कप्तानीमा ४ पटक आईपीएलको उपाधि जितेको छ ।

जडेजालाई फ्रेन्चाइजले १६ करोडमा राखेको थियो । योसँगै धोनीले यो सिजन १२ करोड पाएका छन् । यसअघि पनि जडेजालाई कप्तान बनाइने अनुमान गरिएको थियो । उनी बाहेक मोइन अलीलाई ८ करोड र ऋतुराज गायकवाडलाई ६ करोडमा रिटेन गरिएको थियो ।

धोनीले चेन्नईका लागि २१३ खेलमा कप्तानी गरेका छन् । उनको कप्तानीमा टोलीले १३० खेल जितेको छ । यसबीचमा सुरेश रैनाले ६ खेलमा कप्तानी पनि गरेका थिए जसमध्ये टोलीले २ खेल मात्र जितेको थियो । यी दुई बाहेक टोलीमा कप्तान छैनन् । कप्तानमा यो ठूलो फेरबदलको निर्णय प्रतियोगिता सुरु हुनु दुई दिनअघि चेन्नईको व्यवस्थापनले गरेको हो ।

यस संस्करणको आईपीएल यही मार्च २७ तारिखदेखि सुरु हुँदैछ । पहिलो खेलमा चेन्नई र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।

 




भर्खरै