• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

साताको अन्तिम दिन नेप्से परिसूचक १६.६९ अंकले घटेर २ हजार ६१३.६७ विन्दुमा



काठमाडौँ । साताको अन्तिम दिन बिहीबारको कारोबारमा पनि नेप्से परिसूचक ओरालो लागेको छ ।

बिहीबार नेप्से परिसूचक १६.६९ अंकले घटेर २ हजार ६१३.६७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.१७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८९ अंकले घटेको छ ।

बिहीबार कारोबारमा आएका २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने केही बढेको छ । बुधबार २ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूह मध्ये ११ उपसमूहको सूचकमा गिरावट आएको छ भने २ वटा उपसमूहको वृद्धि भएको देखिएको छ । जसमा जीवन बीमा उपसमूहको सूचक २.५४ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसमूहको सूचक १.०५ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहको सूचक १ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि बिहिबार राष्ट्र उत्थान लघुवित्त र इमर्जीङ नेपालको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै नाइटेड इदी मर्दिको ९.९३ प्रतिशत,ग्रिन लाइफ हाइड्रोपावरको ७.५३ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५.५९ प्रतिशतले बढेको छ । नेपाल फाइनान्सको शेयरमूल्य ४.६७ प्रतिशतले घटेको छ भने सामलिङ्ग पावरको ४.६५ प्रतिशत, माउन्टेन हाइड्रोको ४.१६ प्रतिशतले घटेको छ ।

कारोबारको रकमको आधारमा बिहीबार जीवन विकास लघुवित्तको ३० करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको २३ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।