५ आश्विन २०८१, शनिबार
,
Latest
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा मेयर बालेनले गरे सामुदायिक विद्यालयको अवलोकन : के भने ? (फाेटाेफिचर) एउटै नाउरको सिकार गर्न २३ लाख ! ‘दु:खीलाई दु:खले कहिल्यै नछोड्ने रहेछ’ तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने डेढ करोडभन्दा बढी लागतमा बनेको पशु अस्पताल सञ्चालनमा आएन आज बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना दसैँको टीकाकाे शुभ साइत असोज २६ गते बिहान ११:३६ बजे प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा प्रशासनको सहयोगमा धुलोमाथि पिच



अ+ अ-

काठमाडौं । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–३ गङ्गापुर गाउँमा धुलौटे माटोमाथि कालोपत्रे गरिएको छ । कालोपत्रे गर्ने जिम्मा लिएका ठेकेदारले स्थानीय उपभोक्ता समितिका अध्यक्षसँग मिलेमतो गरी धुलौटे माटोमा कालोपत्रे गरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । ठेकेदार रमेशलाल यादवले धुलौटे माटोमै कालोपत्रे गर्न लागेको थाहा पाएपछि स्थानीय बासिन्दा विरोधमा उत्रिएका थिए ।

स्थानीय बासिन्दा र ठेकेदारबीच भएको विवादका कारण केही दिन काम रोकिएको पनि थियो । तर बुधबारसम्म कालोपत्रे नभएको सो बाटो बिहीबार बिहान उठ्दा कालोपत्रे भइसकेको देख्दा स्थानीय बासिन्दा छक्क परे । “काम रोकिएपछि अब मापदण्डअनुसार नै घरछेउको बाटो कालोपत्रे हुन्छ भन्ने होला भन्ने आश गरेका थियौँ तर रातारात कालोपत्रे भएको देख्दा हामी त आश्चर्यचकित भयौँ”, एक बासिन्दाले भने ।

ठेकेदारको बदमासीबारे स्थानीय प्रशासनलाई जानकारी गराएर ढुक्क भएका स्थानीय बासिन्दा उपभोक्ता समितिका अध्यक्ष र स्थानीय प्रशासनकै सहयोगमा गुणस्तरहिन कालोपत्रे हुँदा क्रुद्ध बनेका छन् । एक स्थानीयवासीले न्युजपोलारसँग भने, “रु २५ लाख बजेटमा एक किलोमिटरजति बाटो कालोपत्रे गर्नु पर्ने हो तर त्यही पनि धुलौटे माटोमा अलकत्रा छरेपछि हामी आक्रोशित भएका छौँ, ठेकेदार यादवले उपभोक्ता समितिका अध्यक्ष विश्वजीत यादव र स्थानीय प्रशासनको मिलेमतोमा यस्तो बदमासी गरेका हुन्, यसमा भ्रष्टाचार भएको आशङ्का जन्मिएको छ ।”

उनका अनुसार मापदण्डअनुसार काम हुन्छ भन्ने अनुमानविपरीत स्थानीय बासिन्दाले समेत थाहा नपाउने गरी रातारात धुलौटे माटोमा कालोपत्रे गरिनुले त्यहाँ भ्रष्टाचार पक्कै भएको हुनुपर्छ । उनले भने, “कि राम्रोसँग बाटो बनाउ नत्र नबनाउ भनेर रोक्यौँ तर झारा टार्ने काम मात्र भयो ।”