११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, आजै नव नियुक्त मन्त्रीको सपथ हुने



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेट गर्नुभएको छ । बिहान ११ बजे नियमित ब्रिफिङ्ग गर्न प्रधानमन्त्री देउवा शितल निवास पुग्नु भएको थियो । करिब ४५ मिनेट जति भएको भेटमा प्रधनमन्त्री देउवाले दलहरु बीच छलफल जारी रहेको उल्लेख गर्दै  आज मन्त्रीपरिषद् विस्तार हुन सक्ने जानकारी राष्ट्रपति भण्डारीलाई गराउनु भएको थियो । 

सत्ता गठबन्धनमा रहेका दलहरुबीच मोटामोटी रुपमा मन्त्रालयको संख्या र जिम्मेवारीका बीचमा सहमति भएको छ । सरकार बनेको करिब तीन महिना पछि मन्त्री परिषद्ले पूर्णता पाउन लागेको हो । जस अनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ९,  माओवादी केन्द्रले ५, जसपाले ४ र एकीकृत समाजवादीले ४ वटा मन्त्रालय पाएका छन्। 

माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक , एक जना राज्यमन्त्री पनि पाएका छन्। गठबन्धनका पाँच दलमध्ये राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नहुने भएको छ । यद्यपी नेपाली काग्रेसबाट को को सरकारमा सहभागी हुने भन्ने तय भने भइसकेको छैन । नेकपा (एकीकृत समाजवादी) बाट प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या, विरोध खतिवडा सहरी विकास र किसान श्रेष्ठ श्रम मन्त्री हुने तयारी रहेको समाजवादीका एक नेताले जानकारी दिनुभयो ।  

यसैगरी माओवादी केन्द्रबाट देवेन्द्र पौडेल शिक्षा, शशी श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बनाउने तयारी रहेको छ ।महेश्वर गहतराज मन्त्री युवा तथा खेलकुदमन्त्री र बोधमाया यादवलाई कुन मन्त्रालयमा पठाउने भन्ने छलफल भइरहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिनुभयो  । उता जनता समाजवादी पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने तय हुन सकेको छैन । दुई नेता उपेन्द्र यादव र डा. बाबुराम भट्टराई बाहेक अन्य १९ जना नै मन्त्रीका आकाक्षी भएका कारण जसपा अप्ठारोमा परेको छ ।