२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आरआरआर’को क्रेजः अग्रिम बुकिङमा ‘पुष्पा’लाई पछि पार्यो



अ+ अ-

एजेन्सी । कोरोना महामारीका कारण पटक–पटक स्थगित भएको फिल्म ‘आरआरआर’ अन्ततः भोलि शुक्रबारदेखि विश्वव्यापी रुपमा रिलिज हुँदैछ ।

यो फिल्मसँगै कुनै पनि हिन्दी फिल्म रिलिज भएको छैन । यो फिल्म हिन्दी बाहेक तमिल, मलयालम र कन्नड भाषामा पनि रिलिज हुँदैछ ।

यसैबीच, फिल्म ‘आरआरआर’ले अघिल्लो वर्ष रिलिज भएको अल्लु अर्जुनको फिल्म ‘पुष्पा द राइज’को कीर्तिमान तोडेको छ । त्यतिमात्र नभई यस वर्ष पवन कल्याणको फिल्म ‘भिमला नायक’ जसले धेरै अग्रिम बुकिङको कीर्तिमान बनाएको थियो त्यसको रेकर्ड समेत आरआरआरले तोडेको छ ।

चलचित्र ‘आरआरआर’ले बुधबार अग्रिम बुकिङमा ७ करोडको आँकडा पार गरेको छ । फिल्म रिलिज हुनुअघि नै बक्स अफिसमा तेलुगु फिल्मको सबैभन्दा ठूलो बुकिङ भएको बताइएको छ ।

यसअघि तेलुगु फिल्मको सबैभन्दा धेरै अग्रिम बुकिङको कीर्तिमान यसै वर्षको फेब्रुअरीमा रिलिज भएको फिल्म ‘भिमला नायक’ले बनाएको थियो, जसले अग्रिम बुकिङबाट ६।३० करोड कमाएको थियो ।

हिन्दी भाषी राज्यमा फिल्मले करिब १५ करोडको ओपनिङ लिन सफल हुने विश्वास गरिएको छ । फिल्मले तमिल, मलयालम र कन्नड संस्करणबाट पनि पहिलो दिन करिब १० करोडको ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

कुनै पनि भारतीय फिल्मको अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ डेको इतिहास हेर्दा यो आँकडा निर्देशक एसएस राजामौलीकै फिल्म ‘बाहुबली २’ को नाममा छ । फिल्मले पहिलो दिनमा सबै भाषाको संस्करणसहित १२१ करोडको ओपनिङ गरेको थियो ।

एसएस राजामौलीको निर्देशनमा ४०० करोड बढी बजेटमा बनेको यो फिल्ममामा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट लगायतको अभिनय छ ।