२९ मंसिर २०८२, सोमबार
,
Latest
यस्ता छन् एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’ गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न च्याउखेतीमा किसानको आकर्षण बढ्दो वन्यजन्तु पीडितलाई राहत रकम वितरण युक्रेन शान्ति वार्तामा युरोपको समर्थन ‘अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ’ एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आरआरआर’को क्रेजः अग्रिम बुकिङमा ‘पुष्पा’लाई पछि पार्यो



अ+ अ-

एजेन्सी । कोरोना महामारीका कारण पटक–पटक स्थगित भएको फिल्म ‘आरआरआर’ अन्ततः भोलि शुक्रबारदेखि विश्वव्यापी रुपमा रिलिज हुँदैछ ।

यो फिल्मसँगै कुनै पनि हिन्दी फिल्म रिलिज भएको छैन । यो फिल्म हिन्दी बाहेक तमिल, मलयालम र कन्नड भाषामा पनि रिलिज हुँदैछ ।

यसैबीच, फिल्म ‘आरआरआर’ले अघिल्लो वर्ष रिलिज भएको अल्लु अर्जुनको फिल्म ‘पुष्पा द राइज’को कीर्तिमान तोडेको छ । त्यतिमात्र नभई यस वर्ष पवन कल्याणको फिल्म ‘भिमला नायक’ जसले धेरै अग्रिम बुकिङको कीर्तिमान बनाएको थियो त्यसको रेकर्ड समेत आरआरआरले तोडेको छ ।

चलचित्र ‘आरआरआर’ले बुधबार अग्रिम बुकिङमा ७ करोडको आँकडा पार गरेको छ । फिल्म रिलिज हुनुअघि नै बक्स अफिसमा तेलुगु फिल्मको सबैभन्दा ठूलो बुकिङ भएको बताइएको छ ।

यसअघि तेलुगु फिल्मको सबैभन्दा धेरै अग्रिम बुकिङको कीर्तिमान यसै वर्षको फेब्रुअरीमा रिलिज भएको फिल्म ‘भिमला नायक’ले बनाएको थियो, जसले अग्रिम बुकिङबाट ६।३० करोड कमाएको थियो ।

हिन्दी भाषी राज्यमा फिल्मले करिब १५ करोडको ओपनिङ लिन सफल हुने विश्वास गरिएको छ । फिल्मले तमिल, मलयालम र कन्नड संस्करणबाट पनि पहिलो दिन करिब १० करोडको ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

कुनै पनि भारतीय फिल्मको अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ डेको इतिहास हेर्दा यो आँकडा निर्देशक एसएस राजामौलीकै फिल्म ‘बाहुबली २’ को नाममा छ । फिल्मले पहिलो दिनमा सबै भाषाको संस्करणसहित १२१ करोडको ओपनिङ गरेको थियो ।

एसएस राजामौलीको निर्देशनमा ४०० करोड बढी बजेटमा बनेको यो फिल्ममामा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट लगायतको अभिनय छ ।