• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ



काठमाडौँ । महानगरीय अपराध महाशाखाले ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी फरार रहेका पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली नपा–१३ घर भई हाल जडीबुटी बस्ने १९ वर्षीय राजेश बुढाथोकी, दोलखा नाम्दु गापा–६ घर भई हाल जडीबुटी बस्ने ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुरका २३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोक बतासे गापा–९ घर भई हाल भक्तपुर राधेराधे बस्ने २३ वर्षीय प्रवीण नेपाल र रामेछाप खाँडादेवी गापा–३ घर भई हाल जडीबुटी बस्ने २७ वर्षीय सञ्जीव मोक्तान रहेका छन् ।

ललितपुर महालक्ष्मी डेरा गरी बस्ने २५ वर्षीय सुरज खड्कालाई काठमाडौँ शङ्खमूल पुल नजिक फलफूल पसल अगाडि दोलखा नाम्दु घर भई काठमाडौँ जडीबुटी बस्ने विकास लामासमेतको ८÷९ जनाको समूहले खुकुरी प्रहार गरेको थियो । महाशाखाका अनुसार सो समूह आर्थिक कारोबार तथा प्रेमसम्बन्धी कुरामा विवाद भई खुकुरी प्रहार गरी खड्कालाई गम्भीर घाइते बनाई फरार भएको थियो ।

महाशाखाको विशेष अनुसन्धान टोलीले घटनामा संलग्न राजेश बुढाथोकीसहित पाँच जनालाई यही चैत ९ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट घटनामा प्रयोग भएको खुकुरी र मोटरसाइकलसहित पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि आज महानगरीय प्रहरी वृत्त बानेश्वरमा पठाएको छ ।