२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ



अ+ अ-

काठमाडौँ । महानगरीय अपराध महाशाखाले ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी फरार रहेका पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली नपा–१३ घर भई हाल जडीबुटी बस्ने १९ वर्षीय राजेश बुढाथोकी, दोलखा नाम्दु गापा–६ घर भई हाल जडीबुटी बस्ने ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुरका २३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोक बतासे गापा–९ घर भई हाल भक्तपुर राधेराधे बस्ने २३ वर्षीय प्रवीण नेपाल र रामेछाप खाँडादेवी गापा–३ घर भई हाल जडीबुटी बस्ने २७ वर्षीय सञ्जीव मोक्तान रहेका छन् ।

ललितपुर महालक्ष्मी डेरा गरी बस्ने २५ वर्षीय सुरज खड्कालाई काठमाडौँ शङ्खमूल पुल नजिक फलफूल पसल अगाडि दोलखा नाम्दु घर भई काठमाडौँ जडीबुटी बस्ने विकास लामासमेतको ८÷९ जनाको समूहले खुकुरी प्रहार गरेको थियो । महाशाखाका अनुसार सो समूह आर्थिक कारोबार तथा प्रेमसम्बन्धी कुरामा विवाद भई खुकुरी प्रहार गरी खड्कालाई गम्भीर घाइते बनाई फरार भएको थियो ।

महाशाखाको विशेष अनुसन्धान टोलीले घटनामा संलग्न राजेश बुढाथोकीसहित पाँच जनालाई यही चैत ९ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट घटनामा प्रयोग भएको खुकुरी र मोटरसाइकलसहित पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि आज महानगरीय प्रहरी वृत्त बानेश्वरमा पठाएको छ ।




भर्खरै