२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २०.३४ अंकले ओरालो, २ अर्ब ४ करोड ६३ लाख बढीको कारोबार



अ+ अ-

काठमाडौँ । दुई दिन लगातार रुपमा वृद्धि भएको नेप्से परिसूचक बुधबार गिरावट आएको छ । बुधबार नेप्से परिसूचक २०.३४ अंक घटेर २ हजार ६३०.३६ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.२२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ अंकले घटेको छ ।

बुधबार कारोबारमा आएका २२६ कम्पनीको ३९ लाख ८५ हजार कित्ता शेयर २ अर्ब ४ करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलबारको तुलनामा कारोबार रकममा समेत गिरावट आएको छ । मंगलबार २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार उपसमूहको परिसूचक ०.५० प्रतिशत बढेको छ भने म्युचुअल फण्डको ०.२५ प्रतिशत बढेको छ । तर यता विकास बैंक, वित्त, जलविद्युत, अन्य र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

नेप्से परिसूचकमा गिरावट आएपनि दुई वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपाल लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

कारोबार रकमका आधारमा आजको दिन करिब साढे ८ करोडको शेयर खरिदबिक्री गरेर एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । त्यसैगरी, जीवन विकास लघुवित्तको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।