१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

रुसी अर्बपति रोमन अब्रामोविचले फुटबल क्लब चेल्सी बेच्ने

रुसी अर्बपति रोमन अब्रामोविचले फुटबल क्लब चेल्सी बेच्ने
अ अ+ अ-

लण्डन । युक्रेनमा रुसको आक्रमणबीच रुसी अर्बपति रोमन अब्रामोविचले ठूलो निर्णय लिएका छन् । उनले आफ्नो फुटबल क्लब चेल्सी बेच्ने घोषणा गरेका छन् ।

उनले यो बिक्रीबाट प्राप्त आम्दानी युक्रेनमा युद्धका घाइते र पीडितहरूलाई सहयोग गर्ने बताए। यसका लागि उनको टोलीले एक परोपकारी फाउन्डेसन खोल्दैछ, जसमा बिक्रीबाट प्राप्त रकम दान गरिनेछ।

अब्रामोविचसँग कति सम्पत्ति छ ?

अरबपति रोमन अब्रामोविच एक व्यापारी र राजनीतिज्ञ हुन्। फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति हाल १२ अर्ब ४० करोड डलर छ। उनको इभ्राज, नोरिल्स्क निकेल जस्ता कम्पनीहरूमा हिस्सेदारी छ।

सोभियत सङ्घको पतनपछि भए समृद्ध

अब्रामोविचले सोभियत सङ्घको पतनपछिका वर्षहरूमा आफूलाई समृद्ध बनाए। उनले सेयर निजीकरण कार्यक्रमका लागि रूसको विवादास्पद ऋणमा बजार मूल्यभन्दा धेरै कम मूल्यमा रूसी राज्य–स्वामित्वको सम्पत्ति प्राप्त गरे।

अब्रामोविचलाई पूर्व रुसी राष्ट्रपति बोरिस येल्त्सिन र वर्तमान रुसी नेता भ्लादिमिर पुटिनको विश्वासपात्र मानिन्छ। अब्रामोविच र पुटिनबीचको सम्बन्ध बुबा र मनपर्ने छोराको जस्तै रहेको बताइएको छ ।

सन् २००३ मा बने चेल्सी फुटबल क्लबको मालिक

अब्रामोविच निजी लगानी कम्पनी मिलहाउस एलएलसीका प्राथमिक मालिक हुन्। रुसबाहिर उनी प्रिमियर लिग फुटबल क्लब चेल्सीको मालिकको रूपमा चिनिन्छन्। ​जुन २००३ मा अब्रामोविच पश्चिम लण्डनमा चेल्सी फुटबल क्लबलाई नियन्त्रण गर्ने कम्पनीहरूको मालिक बने।

क्लबका पूर्व मालिक केन बेट्स थिए, जसले पछि प्रतिद्वन्द्वी लीड्स युनाइटेडलाई किनेका थिए। एजेन्सी